बालकृष्ण पक्राउ परेपछि उज्जनकी दिदी सावित्रीले दिईन यस्तो प्रतिक्रिया
काठमाडौं, १४ कात्तिक । आफ्ना भाईको हत्यारा पक्राउ परेकोमा उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री निकै खुशी देखिएकी छन् । मंगलबार बिहान सातदोबाटोबाट बालकृष्ण ढुंगेल पक्राउ परेपछि प्रतिक्रिया दिँदै सावित्रीले न्याय नमरेको बताएकी छिन् ।
भाईको हत्यारालाई कारबाहीको माग गर्दै सात वर्षदेखि अड्डा अदालत धाउँदै आएकी सावित्री आज भने निकै खुशी भएकी छिन् । ‘पक्राउ परेको हल्ला त सुनेकी छु। तर, अहिलेसम्म प्रहरीले औपचारिक रुपमा पक्राउ गरेको जानकारी दिएको छैन,’ सावित्रीले भनिन्, ‘यदि त्यसो भयो भनेमात्र मलाई उनी पक्राउ परेको विश्वास लाग्ने छ।’
पक्राउ गरेकै भए पनि शक्तिको आडमा छुटिहाल्छन् होला भन्ने चिन्ताले पनि सताइरहेको उनको भनाई छ । ‘यो कुरा पुष्टी भयो भने म देशमा न्याय मरेको रहेनछ भन्ने छु,’ सावित्रीले रुँदै भनिन्, ‘मेरो दाइले भाइ मारिएको भनेर जाहेरी दिएबापत हत्याराको सिकार हुनुपर्यो। समातेकै भए मेरो दाइको आत्माले शान्ति पाउँछ।’
पक्राउ परेको खबर सुन्दा पूरा विश्वास नभए पनि पहिलो पटक दाजु गणेशकुमार श्रेष्ठको अनुहार झल्झली सम्झिएको बताइन्। ‘उहाँले जाहेरी दिएको भनेर नै मेरा दाइ गणेशलाई पनि मारेका थिए,’ भकानिँदै सावित्रीले भनिन्।
‘न्यायालयले सही फैसला गरेर पनि हामीले न्याय पाउन सकेका थिएनौं,’ सावित्रीले भनिन्, ‘न्यायालयको फैसला कार्यान्वयन गर भन्न पनि हामीले राज्यसँग भिख मागे झै गर्नुपर्यो । यतिका दिन हामीले न्याय मागेर हिँड्दा नै थप क्षति बेहोर्नु पर्यो।’
उनले ढिलै भए पनि पक्राउ पर्दा राहत महसुस गरेको बताइन्। ‘यो देशमा न्याय अझै मरेको रहेन छ भन्ने अनुभव मैले गरेकी छु,’ सावित्रीले भनिन्। हत्यारालाई समातिएको भए पूरा सजाय दिन र कुनै पनि बाहनामा छुट नदिन आग्रह गरेकी छन् । पक्राउ परेपछि आफ्ना भाईको मृतआत्माले शान्ति पाएको भन्दै उनले भनिन्, ‘अब कुनै बाहनामा उनलाई छुट दिने कार्य नहोस्, पुरै सजाय पाओस् ।’
http://news-nepal.com/659075/
http://news-nepal.com/658905-2/
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












