ढुंगेल पक्राउ परेपछि वाइसिएलको प्रतिक्रिया, ‘काँग्रेस नेतालाई जेल हाल्छौं’
काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रको युवा संगठन वार्इसीएका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेपाली कांग्रेसका नेताहरूलार्इ पनि द्वन्द्वकालिन मुद्दा ब्युँत्याएर मुद्दा हाल्नुपर्ने बताएका छन् ।
द्वन्द्वकालीन समयमा भएको उज्जवन श्रेष्ठ हत्या प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर ओखलढुंगाका माओवादी नेता बालकृष्ण ढुंगेललार्इ प्रहरीले पक्रेर जेल पठाएपछि अध्यक्ष सापकोटाले कांग्रेस नेताविरूद्ध पनि मुद्दा हाल्ने बताएका हुन् ।
‘यो घटना द्वन्द्वकालका गम्भीर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन, देश निर्वाचनमा होमिइरहँदा निर्वाचन भाँड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपत्ति व्यक्त गर्दछु, सापकोटाले भनेका छन्, ‘ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहा गर्न माग गर्दै निर्वाचन भाँड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा अपिल गर्दछ ।’
ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युँताएर घटनामा संलग्न नेपाली कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने चेतावनी पनि वार्इसीएलले दिएको छ । त्यसका लागि वार्इसीएलले सम्बन्धित जिल्लाका समितिलार्इ निर्देशन पनि दिएको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












