माओवादी केन्द्रबाट सिफारिस भएकालाई कांग्रेसले टिकट दियो
तेह्रथुम, १५ कात्तिक । तेह्रथुममा माओवादी केन्द्रबाट सिफारिस भएका नेतालाई कांग्रेसले टिकट दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस भएका प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई नेपाली कांग्रेसले टिकट दिएको हो ।
पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारसमेत भइसकेका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किएका थिए । सम्बाहाम्फेलाई नेपाली कांग्रेसले तेह्रथुमबाट प्रदेशसभा सदस्य चुनावमा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ ।
उनलाई कांग्रेसले प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार बनाइएको जिल्ला सभापति गोविन्द ढुंगानाले जानकारी दिए । वाम–गठबन्धनबाट असन्तुष्ट भएर कांग्रेसमा ‘कम–ब्याक’ भएका सम्बाहाम्फेलाई मंगलबार बालुवाटारमा एक कार्यक्रमकाबीच कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए ।
तेह्रथुमको फेदाप गाउँपालिका–३, जलजले स्थायी घर भएका सम्बाहाम्फे गृह जिल्लामा माओवादी केन्द्रका प्रभावशाली नेता मानिन्छन् । कांग्रेसमा रहँदा संविधानसभा–१ चुनावमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका सम्बाहाम्फे पार्टी जिल्ला कार्यसमितिको तत्कालिन कोषाध्यक्ष थिए ।
२०६४ मा भएको संविधान सभा–२ को चुनावको मुखैमा नेकपा माओवादीमा प्रवेश गरेका थिए । परिवर्तनको बाहकको रुपमा आफूले लिएको माओवादी पार्टी वाम–गठबन्धन भन्दै नेकपा एमालेसँग घुँडा टेक्न गएर धोका दिएको भन्दै कांग्रेसमै फर्किएको उनको प्रतिक्रिया छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












