निवर्तमान सांसद राठौरलाई एमालेले कारवाही गर्यो, कांग्रेसले उम्मेदवार बनायो
कैलाली, १५ कात्तिक । नेकपा एमालेले पार्टीबाट निस्कासन गरेपछि निवर्तमान सांसद मोहनसिंह राठौर कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी हित विपरित काम गरेको भन्दै एमालेले राठोरलाई साधारणसदस्य समेत नरहनेगरी कारवाही गरेको थियो ।
एमालेले कारबाही गरेकै दिन काँग्रेस प्रवेश गरेका थिए । उनलाई क्षेत्र नम्बर २ बाट काँग्रेसले प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कैलाली क्षेत्र नम्बर २ बाट दोस्रो संविधान सभाबाट निर्वाचित सांसद राठौरलाई एमाले प्रदेश नम्बर ७ ले साधारण सदस्य नरहने गरी कारबाही गरेको हो ।
राठौर एमालेबाट दुई पटक गाउँविकास समिति अध्यक्ष, दुई पटक जिल्ला विकास समितिको उम्मेदवार, दुई पटक संसदको उम्मेदवार, एक पटक सांसदमा विजयी भएका थिए । पूर्व शिक्षा राज्यमन्त्री समेत भएका थिए ।
राठौर अरु कसैले अवसर पाउनु नहुने अलोकतान्त्रिक र सामन्ती सोचबाट ग्रसित भएका व्यक्ति भएको नेकपा एमाले प्रदेश नम्बर ७ प्रदेश संगठन कमिटीका संयोजक भीम रावलद्धारा जारी विज्ञप्तिमा भनिएको छ । राठौरलाई स्थानीय निर्वाचनमा समेत नेकपा एमालेका उम्मेदवारहरुलाई हराउने भूमिका खेलेको आरोप लागेको थियो ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...











