गौचन हत्या अनुसन्धानः प्रहरीको ‘दुई चार दिन’ अझै आएन्, कहाँ पुग्यो अनुसन्धान ?
काठमाडौं, १५ कात्तिक । निर्माण व्यवसायी महासघंका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको आज (बुधबार) २३ दिन भइसक्यो । आजभन्दा २३ दिन अघि अर्था असोज २३ गते काठमाडौँका नयाँ बानेश्वरस्थित खरिबोटमा सुटरको गोली लागेर गौचनको ज्यान गएको थियो । उक्त घटना हुनासाथ तत्कालीन गृहमन्त्री तथा वर्तमान विना विभागीय मन्त्री जनार्दन शर्माले हत्यारा पहिचान भइसकेको भन्दै केही दिनमै पक्राउ गर्ने प्रतिक्रिया दिएका थिए ।
प्रहरीसँग समन्वय गर्दै हत्यातारको बारेमा बोलेका शर्मा अहिले कामबिहिन अवस्थामा छन् । उनलाई यसविषयमा के भईरहेको छ केही थाहा छैन् । घटनालगत्तै महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्द तथा घटनाको अनुसन्धानमा संलग्न डीआईजी गणेश केसीले पनि सामान्य रूपमा हत्यारालाई दुई–चार दिनमै नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए । तर आज २३ दिन बित्दा पनि हत्यारालाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
नियन्त्रणमा लिनु त परै जाओस, गोलीकाण्डको ‘मुख्य नाइके को’ भन्नेबारे प्रहरी नै अलमलमा परेको छ । डीआईजी गणेश केसी नेतृत्वको अनुसन्धान टोलीले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई हत्याको मुख्य अभियुक्तको रूपमा पहिल्याउँदै खोजी कार्य तीव्र बनाएको छ ।
२०७३ चैत २९ गते कुमारीगालमा गुण्डा नाइके दावा लामामाथि गोली हान्नासाथ काठमाडौँ प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिने ‘लोप्साङ लामा’ मनोज पुनको ‘दायाँ हात’ भएको बताइएको छ । तिनै लोप्साङ हुन् जसले गौचनलाई गोली लागेको केही मिनेटमा काठमाडौँ प्रहरी प्रमुख रवीन्द्र धानुकलाई फोन गरेर ‘गोली हान्ने मै हुँ’ भनेका थिए ।
प्रहरीले अझैसम्म हत्या कसले र किन गर्यो भन्ने पत्ता लगाउन सकेको छैन। मनोज पुनले नै गौचनको हत्या गरेको भन्दै खोजी कार्य भइरहेको प्रहरीले व्यवसायीलाई बताउँदै आएको छ। एक व्यापारी सुनाउँछन्, ‘हामी प्रहरीको सम्पर्कमा नै छौं, मनोज पुनले हत्या गरेको र भारतमा भएकाले खोज्न पठाएको केही दिनमा पत्ता लाग्ने दावी प्रहरीले सुनाउँछन्।’
गौचनलाई गोली हानी हत्या गरिएपछि अरु निर्माण व्यवसायीहरु पनि निर्धक्क भएर काम गर्न सकिरहेका छैनन्। फिरौती माग गर्दै कल आएसँगै केही व्यवसायीले प्रशासनसँग सुरक्षा माग गरेपछि केही व्यापारीलाई सुरक्षाको व्यवस्था समेत गरिएको छ। तर हत्यारा पत्ता नलागेसम्म आफूहरु ढुक्क नहुने व्यापारी बताउँछन्।
घटना भएको दिनै गठित प्रहरीको अनुसन्धान समितिले पनि कुनै प्रतिवेदन बुझाउन सकेको छैन। समितिले गहन रुपमा अनुसन्धान गरिरहेको संयोजक डिआइजी गणेश केसीको भनाई छ । उनले भने, ‘अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ। केही समयमा नै प्रमाणसहित हत्यारा सार्वजनिक गर्ने गरि प्रहरीले अनुसन्धान गरिरहेका छौँ।’
बुटवल र भैरहवातिरका व्यवसायीलाई फोन गरेर गुण्डा नाइके मनोज पुनले ‘गौचनलाई मेरा केटाहरूले उडाएको’ भन्दै लाखौँ बार्गेनिङ गरिरहेका छन् । त्यस्मा को हो, गौचनको हत्यारा ? भन्ने विषायमा अनुसन्धान भईरहेकाे प्रहरीको भनाई छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











