गौचन हत्या अनुसन्धानः प्रहरीको ‘दुई चार दिन’ अझै आएन्, कहाँ पुग्यो अनुसन्धान ?
काठमाडौं, १५ कात्तिक । निर्माण व्यवसायी महासघंका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको आज (बुधबार) २३ दिन भइसक्यो । आजभन्दा २३ दिन अघि अर्था असोज २३ गते काठमाडौँका नयाँ बानेश्वरस्थित खरिबोटमा सुटरको गोली लागेर गौचनको ज्यान गएको थियो । उक्त घटना हुनासाथ तत्कालीन गृहमन्त्री तथा वर्तमान विना विभागीय मन्त्री जनार्दन शर्माले हत्यारा पहिचान भइसकेको भन्दै केही दिनमै पक्राउ गर्ने प्रतिक्रिया दिएका थिए ।
प्रहरीसँग समन्वय गर्दै हत्यातारको बारेमा बोलेका शर्मा अहिले कामबिहिन अवस्थामा छन् । उनलाई यसविषयमा के भईरहेको छ केही थाहा छैन् । घटनालगत्तै महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्द तथा घटनाको अनुसन्धानमा संलग्न डीआईजी गणेश केसीले पनि सामान्य रूपमा हत्यारालाई दुई–चार दिनमै नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए । तर आज २३ दिन बित्दा पनि हत्यारालाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
नियन्त्रणमा लिनु त परै जाओस, गोलीकाण्डको ‘मुख्य नाइके को’ भन्नेबारे प्रहरी नै अलमलमा परेको छ । डीआईजी गणेश केसी नेतृत्वको अनुसन्धान टोलीले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई हत्याको मुख्य अभियुक्तको रूपमा पहिल्याउँदै खोजी कार्य तीव्र बनाएको छ ।
२०७३ चैत २९ गते कुमारीगालमा गुण्डा नाइके दावा लामामाथि गोली हान्नासाथ काठमाडौँ प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिने ‘लोप्साङ लामा’ मनोज पुनको ‘दायाँ हात’ भएको बताइएको छ । तिनै लोप्साङ हुन् जसले गौचनलाई गोली लागेको केही मिनेटमा काठमाडौँ प्रहरी प्रमुख रवीन्द्र धानुकलाई फोन गरेर ‘गोली हान्ने मै हुँ’ भनेका थिए ।
प्रहरीले अझैसम्म हत्या कसले र किन गर्यो भन्ने पत्ता लगाउन सकेको छैन। मनोज पुनले नै गौचनको हत्या गरेको भन्दै खोजी कार्य भइरहेको प्रहरीले व्यवसायीलाई बताउँदै आएको छ। एक व्यापारी सुनाउँछन्, ‘हामी प्रहरीको सम्पर्कमा नै छौं, मनोज पुनले हत्या गरेको र भारतमा भएकाले खोज्न पठाएको केही दिनमा पत्ता लाग्ने दावी प्रहरीले सुनाउँछन्।’
गौचनलाई गोली हानी हत्या गरिएपछि अरु निर्माण व्यवसायीहरु पनि निर्धक्क भएर काम गर्न सकिरहेका छैनन्। फिरौती माग गर्दै कल आएसँगै केही व्यवसायीले प्रशासनसँग सुरक्षा माग गरेपछि केही व्यापारीलाई सुरक्षाको व्यवस्था समेत गरिएको छ। तर हत्यारा पत्ता नलागेसम्म आफूहरु ढुक्क नहुने व्यापारी बताउँछन्।
घटना भएको दिनै गठित प्रहरीको अनुसन्धान समितिले पनि कुनै प्रतिवेदन बुझाउन सकेको छैन। समितिले गहन रुपमा अनुसन्धान गरिरहेको संयोजक डिआइजी गणेश केसीको भनाई छ । उनले भने, ‘अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ। केही समयमा नै प्रमाणसहित हत्यारा सार्वजनिक गर्ने गरि प्रहरीले अनुसन्धान गरिरहेका छौँ।’
बुटवल र भैरहवातिरका व्यवसायीलाई फोन गरेर गुण्डा नाइके मनोज पुनले ‘गौचनलाई मेरा केटाहरूले उडाएको’ भन्दै लाखौँ बार्गेनिङ गरिरहेका छन् । त्यस्मा को हो, गौचनको हत्यारा ? भन्ने विषायमा अनुसन्धान भईरहेकाे प्रहरीको भनाई छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












