गुण्डा नाइके गणेश लामा कांग्रेसको प्रदेशसभा उम्मेदवार

काठमाडौं, १५ कात्तिक । गुण्डा नाइके भनेर चिनिएका गणेश लामा कांग्रेसको प्रदेशसभा उम्मेदवार बनेका छन् । कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ को ख बाट टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका थिए । गच्छदारको निकै विश्वासिला पात्र मानिएका लामालाई कांग्रेसबाट टिकट दिलाउने सर्तमा पार्टी प्रवेश गरेका थिए ।
लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।
जिल्लाबाटै सिफारिस भएर आएकाले लामाको नाममा सर्वसम्मति भएको कांग्रेसका एक नेताले बताए । यसअघि एमालेले अर्का गुण्डा नाइके दिपक मनाङ्गेलाई समर्थन गरेको छ । एमालेले टिकट नदिएपछि मनाङ्गेले मनाङ खमा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिएका थिए । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनलाई समर्थन गरेको हो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












