कुन-कुन शीर्ष नेताहरुको कहाँबाट पर्यो उम्मेदवारी ?
काठमाडौं, १६ कात्तिक । मंसिर २१ गतेलाई तोकिएको दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारी दर्ता भईरहेको छ । तल्लो पहाड तथा तराईका गरी ४५ जिल्लामा हुने प्रनिधिसभा तथा प्रदेशसभा चुनावका लागि बिहीबार मनोनयन दर्ता भइरहेको हो । उम्मेदवारले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सक्नेछन् ।
उम्मेदवार बिहानैदेखि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवार मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यस्तताका कारण देउवाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गराउनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । पौडेल विरुद्ध कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।कांग्रेस नेता मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यका लागि मोरङ २ मा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्रीपत्नी आरजु देउवाले प्रतिनिधिसभा सदस्यका लागि कैलाली ५ बाट उम्मेदवारी दर्ता गराएकी छन् । कानुनमन्त्री एवं कांग्रेस नेता यज्ञबहादुर थापा प्रतिनिधिसभा सदस्यका लागि कास्की १ बाट उम्मेदवार बनेका छन् । त्यस्तै कांग्रेस नेता विमलेन्द्र निधिले प्रतिनिधिसभा सदस्यका लागि धनुषा ३ बाट उम्मेदवारी दिएका छन् ।
एमाले शीर्ष नेताहरुः
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। झापाबाट उम्मेदवारी दर्ता गराएका ओलीले आफैलाई भने मत दिन पाउने छैनन्। किनभने उनको नाम झापाको मतदाता सूचीमा हैन, भक्तपुरको मतदाता सूचीमा छ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा उनको मतदान केन्द्र रहेको छ। प्रदेश नम्बर ३ को प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवारलाई मात्र उनले मतदान गर्न पाउने छन्। यो क्षेत्रबाट एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ।
त्यस्तै एमाले वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि इलाम १ मा झलनाथ खनाल र सुवास नेम्वाङ २ मा उम्मेदवार बनेका छन् ।
त्यस्तै एमाले महासचिव र्इश्वर पोखरेलले काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेता लालबाबु पण्डितले पनि प्रतिनिधिसभा सदस्यका लागि मोरङ ६ मा उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा एमालेका डा. राजन भट्टराई प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा कांग्रेसका युवा नेता गगन थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमाले उपाध्यक्ष बामदेव गौतमले वामपन्थी गठबन्धनबाट बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादी केन्द्रका शीर्ष नेताको कहाँ कहाँ पर्यो उम्मेदवारीः
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । सशस्त्र द्वन्द्वपछि पहिलो पटक रोल्पा र काठमाडौं र दोस्रो पटक सिराहाबाट निर्वाचित भएर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्नु भएका दाहालले पहिलो पटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दिनुभएको हो ।
त्यस्तै माओवादी नेता लेखराज भट्टले कैलाली(४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका छन् । माओवादी नेता गिरीराजमणि पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर-१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । थापाको उम्मेदवारी दर्तामा कांग्रेस नेताहरु भने सहभागी भएनन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । यादवकाविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन् । त्यस्तै विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले अब नेपाली कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मासँग प्रतिस्पर्धा गर्नेछन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












