कुन-कुन शीर्ष नेताहरुको कहाँबाट पर्यो उम्मेदवारी ?
काठमाडौं, १६ कात्तिक । मंसिर २१ गतेलाई तोकिएको दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारी दर्ता भईरहेको छ । तल्लो पहाड तथा तराईका गरी ४५ जिल्लामा हुने प्रनिधिसभा तथा प्रदेशसभा चुनावका लागि बिहीबार मनोनयन दर्ता भइरहेको हो । उम्मेदवारले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सक्नेछन् ।
उम्मेदवार बिहानैदेखि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवार मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यस्तताका कारण देउवाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गराउनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । पौडेल विरुद्ध कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।कांग्रेस नेता मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यका लागि मोरङ २ मा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्रीपत्नी आरजु देउवाले प्रतिनिधिसभा सदस्यका लागि कैलाली ५ बाट उम्मेदवारी दर्ता गराएकी छन् । कानुनमन्त्री एवं कांग्रेस नेता यज्ञबहादुर थापा प्रतिनिधिसभा सदस्यका लागि कास्की १ बाट उम्मेदवार बनेका छन् । त्यस्तै कांग्रेस नेता विमलेन्द्र निधिले प्रतिनिधिसभा सदस्यका लागि धनुषा ३ बाट उम्मेदवारी दिएका छन् ।
एमाले शीर्ष नेताहरुः
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। झापाबाट उम्मेदवारी दर्ता गराएका ओलीले आफैलाई भने मत दिन पाउने छैनन्। किनभने उनको नाम झापाको मतदाता सूचीमा हैन, भक्तपुरको मतदाता सूचीमा छ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा उनको मतदान केन्द्र रहेको छ। प्रदेश नम्बर ३ को प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवारलाई मात्र उनले मतदान गर्न पाउने छन्। यो क्षेत्रबाट एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ।
त्यस्तै एमाले वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि इलाम १ मा झलनाथ खनाल र सुवास नेम्वाङ २ मा उम्मेदवार बनेका छन् ।
त्यस्तै एमाले महासचिव र्इश्वर पोखरेलले काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेता लालबाबु पण्डितले पनि प्रतिनिधिसभा सदस्यका लागि मोरङ ६ मा उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा एमालेका डा. राजन भट्टराई प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा कांग्रेसका युवा नेता गगन थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमाले उपाध्यक्ष बामदेव गौतमले वामपन्थी गठबन्धनबाट बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादी केन्द्रका शीर्ष नेताको कहाँ कहाँ पर्यो उम्मेदवारीः
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । सशस्त्र द्वन्द्वपछि पहिलो पटक रोल्पा र काठमाडौं र दोस्रो पटक सिराहाबाट निर्वाचित भएर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्नु भएका दाहालले पहिलो पटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दिनुभएको हो ।
त्यस्तै माओवादी नेता लेखराज भट्टले कैलाली(४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका छन् । माओवादी नेता गिरीराजमणि पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर-१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । थापाको उम्मेदवारी दर्तामा कांग्रेस नेताहरु भने सहभागी भएनन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । यादवकाविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन् । त्यस्तै विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले अब नेपाली कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मासँग प्रतिस्पर्धा गर्नेछन् ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












