सर्वोच्चको गल्तिले बालकृष्ण ढुंगेल जेलमुक्त हुनसक्ने सम्भावना !
काठमाडौं, १७ कात्तिक । सर्वोच्च अदालतको फैसलामा गम्भीर त्रुटि फेला परेको छ । उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले जन्मकैदको सजाय सुनाएका माओवादी नेता बालकृष्ण ढुंगेल प्रकरणमा गम्भीर
त्रुटि भेटिएको हो ।
हत्या गरिएको भनिएका उज्जनकुमार श्रेष्ठको पोष्टमार्टम रिर्पोट विनै सर्वोच्चले फैसला सुनाएपछि यस्तो त्रुटि फेला परेको हो । सर्वोच्च अदालतले द्न्वद्वकालिन घटनामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको ८ वर्षपछि ढुंगेल मंगलबार ललितपुरबाट पक्राउ परेर सदरखोरमा जेल सजाय काटिरहेका छन् ।
यद्यपि ढुंगेललाई सर्वोच्चका तत्कालिन न्यायाधीशहरु तपबहादुर मगर र राजेन्द्रप्रताप कोइरालाको संयुक्त इजलासले सुनाएको सर्वस्वसहित जन्मकैदको फैसलामा गम्भीर त्रुटि फेला परेको हो । ढुंगेललाई सरकारी वकिलको दाबीअनुसार सर्वोच्चले कर्तव्य ज्यानसम्बन्धी महलको १३ (१) (सर्वस्वसहित जन्मकैद) अनुसार कारबाही गर्न आदेश दिएको छ ।
फैसला गर्ने क्रममा घटना भएको हो कि होइन भन्ने पुष्टि गर्ने प्रयास गरिएको छ । त्यसमा उज्जनकुमारको शवको पोष्टमार्टम रिपोर्टले उनको हत्या भएकोपुष्टि गरेको जिकिर गरिएको छ । जबकि उज्जनकुमारको शव अहिलेसम्म फेला परेको छैन । उनकी दिदी सावित्री श्रेष्ठले समेत आफ्ना भाईको शव समेत गायब पारिएको बताउँदै आएकी छन् ।
फैसलामा अर्को पनि गम्भीर त्रुटि फेला परेको छ । हत्या भएको भनिएका व्यक्ति भुवन भनिने उज्जनकुमार हुन् । तर, न्यायाधीशको फैसलामा भुवनकुमार भनिने उज्वलकुमार लेखिएको छ । ‘फैसलामा भनिएको छ, ‘पोष्टमार्टम रिपोर्टबाट मृतक भुवनकुमार भनिने उज्वलकुमारको (उज्जन हुनुपर्नेमा) कर्तव्यबाट भएको भन्नेमा विवाद भएन ।’
‘अहिलेसम्म फेला नपरेको शवको अदालतले कसरी पोष्टमार्टम भयो भन्ने दाबी गरेको ?’, ढुंगेलका कानुन व्यवसायी अधिवक्ता सशीतराज मैनालीले भने, ‘मारिएको भनिएको व्यक्ति उज्जन हो, तर फैसलामा भुवन भन्ने उज्वलकुमार लेखिएको छ ।’ मैनालीले अदालतको फैसला गम्भीर त्रुटिपूर्ण भएको बताए ।
मैनालीले ढुंगेलसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन गर्न सकिने बताए । तर, त्यसका लागि बालकृष्ण ढुंगेलले पुनरावेदन दिनुपर्छ । पुनरावलोकनको म्याद १ सय दिनको हुन्छ । ‘फैसलामा गम्भीर त्रुटि भएकाले सच्याई पाउँ भनी ढुंगेलले निवेदन दिन सक्छन्’, उनले भने ।
पुनरावलोकनमा गए फैसला सच्याउन सर्वोच्च बाध्य हुने जिकिर उनले गरे । ‘सर्वोच्चले पुनरावलोकन गर्न बाध्य हुनुपर्छ’, उनले भने, ‘पुनरावलोकनको विकल्पै छैन ।’ पुनरावलकोनबाट ढुंगेल रिहा हुनेमा मैनालीले विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












