नारायणकाजीमाथि बाबुरामको प्रहारः नायारणकाजी वडा अध्यक्षका लागि लायक
गोरखा, १९ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठविरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् । गृह जिल्लाको चुनावी मैदानमा उत्रिएका पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नारायणकाजी वडा अध्यक्षका लागि लायक भएको टिप्पणी गरेका छन् ।
भट्टराईले आफ्ना चुनावी प्रतिद्वन्द्वी श्रेष्ठलाई ‘वडा अध्यक्षका लायक’ भएको प्रतिक्रिया दिएका हुन् । भट्टराई आँखा चिन्ह लिएर चुनावमा होमिएका छन्, भने श्रेष्ठ हसियाँ हथौडा चिन्ह लिएर चुनावमा छन् । भट्टराईले अजिरकोटको टुटवाङमा चुनावी अभियानका क्रममा सबै सेवाका क्षेत्रलाई आफ्नो वडामा मात्र लैजाने नेता वडा अध्यक्षका लागि मात्र लायक हुने बताए।
‘सबै योजनाहरू आफ्नै वडा नै लैजाने, स्वास्थ्य चौकी लगायत सेवा केन्द्रहरु त्यही वडामा केन्द्रित गर्ने। एउटा वडामात्र हेर्ने ?’ भट्टराईले श्रेष्ठको नाम नै नलिई भने, ‘एउटा वडामात्रै हेर्ने, निर्वाचन क्षेत्र, जिल्ला, देश, समग्र राजनीति नहेर्ने मान्छे प्रतिनिधिसभाका लागि भन्दा वडा अध्यक्षका लागि लायक हुनुहुन्छ।’
नेकपा माओवादी केन्द्रबाट भट्टराईसँग पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन् । पछिल्लो समय दुवै नेता एकअर्काप्रति निकै आक्रोशित भईरहेका छन् । उनीहरु मतदातालाई आफ्नो पक्षमा पार्न एकअर्काको आलोचनामा उत्रिएका हुन् । चुनावमा वाम गठबन्धनबाट श्रेष्ठलाई एमालेको साथ छ भने भट्टराईलाई कांग्रेसले सघाउँदैछ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












