शरदकुमार गौचनको हत्या पनि दरवार हत्याकाण्डजस्तै रहस्यको घेरामा
काठमाडौं, २१ कात्तिक । नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको झण्डै एक महिना वितिसकेको छ । असोज २३ गते दिउँसै आफ्नो घरबाट खरिबोट हुदैँ बानेश्वरको मुल सडकतर्फ आउँदै गर्दा अज्ञात समूहको गोली लागेर गौचनको ज्यान गयो ।
हत्या भएलगत्तै तत्कालिन गृहमन्त्री जनार्दन शर्माले हत्या पत्ता लागिसकेको दाबी गरेमा थिए । गौचनको हत्या विरोधमा उत्रिएको भिडलाई शान्त पार्न गृहमन्त्री शर्माले हत्यारा पक्राउ परेको बताएका थिए । प्रहरीले समेत दुई/चार दिनमा हत्यारा पक्राउ पर्ने दाबी गरेको थियो । तर प्रहरीको त्या दुई/चार दिन अझै आएको छैन् ।
प्रहरीले उनको हत्या कसले कुन उद्देश्यले गर्यो भनेर खुलासा अझै गर्न सकेको छैन । उनको हत्यामा हुलाकी मार्गको १२ अर्वको ठेक्का र त्यसमा डनहरुसँग बिबाद भएकोले लेनदेन नमिलेरै र उनले दिन्छु भनेको कबुल रकम नदिएकै कारण हत्या भएको आशंकामा प्रहरी अलमलिइरहेको छ ।
डन ठेक्का कम्पनीहरुको माथिल्लो राजनीतिक नेताहरुसँग गहिरो सम्बन्ध हुनेगरेको छ । गौचनको हत्या पनि दरवार हत्याकाण्डजस्तै रहस्यमय बन्दै गएको छ । २०५८ साल जेठ १९ गते राति नेपालको राजदरबारभित्रै राजा विरेन्द्रको बंश नै नाश हुने गरी हत्याकाण्ड भएको थियो । जुन अहिले पनि रहस्यको विषय बनेको छ । त्यसैगरी गौचन हत्याकाण्ड पनि रहस्यमय हुने सम्बद्ध स्रोतको दाबी छ ।
प्रहरीको अनुसन्धान कहाँ पुग्योः
गौचनलाई काठमाडौंको बानेश्वरमा दिनदहाडै गोली हानी हत्या गर्ने समूह र गत वर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहले एउटै रहेको अनुमान प्रहरीको छ। गुण्डा नाइके मनोज पुनले सञ्चालन गरेको सो आपराधिक समूहका व्यक्तिले केही प्रहरी अधिकारीलाई फोन गरी घटनाको जिम्मेवारी लिएपछि प्रहरीले यस्तो अनुमान गरेको हो।
पुनको सो समूहले व्यावसायी गौचनसँग करोडौँ पैसा मागेको र नदिएपछि हत्या गरिएको प्रहरीले शंका गरेको छ। सो समूहका सदस्यले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई नै फोन गरेर हत्या स्विकारेको बताइएको छ।
साउनको अन्तिम साता मनोज पुनका एक सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। बास्तविक नाम मनोज बुढामगर भनिने मनोज पुनसँग निरन्तर सम्पर्कमा रही अपराधिक क्रियाकलाप गर्ने पाल्पा तान्सेन नगरपालिका ७ का २२ वर्षिय सुशान्त लाकौललाई पक्राउ गरेपछि प्रहरीले पुनको सक्रियता रुपन्देहीमा कम भएको दाबी समेत गरेको थियो। तर, राजधानी नै छिरेर सो समूहका सदस्यले दिनदहाडै व्यक्ति हत्या गरेपछि प्रहरी फेरि तिल्मिलाएको छ।
मनोज पुन गत पुस महिनामा रुपन्देही देबदहका व्यवसायी तथा युवा संघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्यामा संलग्न मुख्य अभियुक्त हुन्। गत साउनमै रुपन्देहीको मणीग्राममा व्यवसायी दुर्गालाल भण्डारीलाई लक्षित गरि गोली प्रहार भएको थियो। तर भण्डारी बच्न सफल भएका थिए। यी दुबै घटना लगत्तै पुनले विदेशबाट विभिन्न व्यक्तीलाई सम्पर्क गरेर घट्ना आफूले गराएको बताएका थिए।
यो पनि पढ्नुहोस्ः
http://news-nepal.com/659976-2/
http://news-nepal.com/647514/
http://news-nepal.com/647055/
http://news-nepal.com/645555/
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












