अमेरिकी राष्ट्रपति ट्रम्पलाई माझी औँला देखाउँदा महिलाको जागिर गयो
एजेन्सी, २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माझी औँला देखाउने महिलालाई जागिरबाट निकालिएको छ। गल्फ खेलेर ह्वाइट हाउसतर्फ फर्किँदै गरेका ट्रम्पलाई माझी औँला देखाउने साइकलयात्री जुली ब्रिस्कम्यानलाई जागिरबाट निकालिएको हो ।
ट्रम्पलाई औँला देखाउँदै गरेको उनको तस्वीर गत साता भाइरल भएको थियो। भर्जिनियामा अक्टोबर २८ मा ट्रम्पलाई औँला देखाउने ती साइकलयात्री जुली ब्रिस्कम्यान भएको खुलासा भएको छ।
ट्रम्पको मोटरकेडमा रहेका एक फोटोग्राफरले उनको फोटो खिचेका थिए, जुन लगत्तै भाइरल बनेको थियो। त्यही फोटोलाई उनले आफ्नो ट्विटर र फेसबुकको प्रोफाइल पिक्चरका रुपमा प्रयोग गरेकी थिइन्। त्यसपछि भर्जिनियास्थित अकिमा नामक कम्पनीमा विगत ६ महिनादेखि कार्यरत ब्रिस्क्म्यानलाई हाकिमहरुले बोलाएका थिए। ‘उनीहरुले भने, ‘तपाईंसँग हामी छुट्टिँदैछौँ’ उनले हफिंगटन पोस्टलाई भनेकी छन्।
उनको अश्लील हर्कतले सरकारी ठेकेदारी गर्ने कम्पनीलाई नोक्सान हुने भन्दै आफूलाई बर्खास्त गरिएको उनले बताएकी छन्। यद्यपि यसबाट आफूलाई कुनै दुःखेसो नभएको पनि उनले स्पष्ट पारेकी छन्। उनले आफू विरोधको तस्वीर बन्न पाएको खुसी रहेको पनि बताएकी छन्।
कतिपयले उनको विरोधको स्वरलाई दबाउन खोजिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। यद्यपि भर्जिनियामा रोजगारदाताको इच्छाअनुसार कर्मचारीलाई जुनसुकै बेला बर्खास्त गर्न सक्ने कानुनी व्यवस्था छ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












