यस्तो छ वाम गठबन्धनको चुनावी घोषणापत्र, मनमोहन र प्रचण्डको कार्यक्रम पुनरागमन
काठमाडौं, २१ कात्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धनले आफ्नो संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
काठमाडौंको तिनकुनेस्थित रोयल व्याङ्केटमा पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्रको सार्वजनिक कार्यक्रममा दुवै दलका शीर्ष नेताको उपस्थितिमा रहेको थियो । प्रमुख दलमध्ये नेपाली कांग्रेसले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ।
दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आयः पाँच हजार डलर
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा भएको बताए। देशमा स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको दाबी उनले गरे।
आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत घोषणापत्रमा राखिएको बताउँदै आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्याउने घोषणापत्रमा उल्लेख भएको बताए। उनले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत सहरका रुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपसहरका रुपमा विकास गरिने बताए। ‘आम जनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सिर्जना होस् भन्ने चाहेका छन्। हामीले त्यही भावनालाई अभिव्यक्त गरेका छौँ,’ प्रचण्डले भने ।
उनले आफूहरु कसैका विरुद्ध गाली गलोजमा नउत्रने बताउँदै विचार मिल्ने अन्य पक्ष पनि धु्र्वीकृत हुनसक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउनसक्ने दाबी गरे। गठबन्धनको विरोधमा नेपाली कांग्रेस तल्लोस्तरको गालीगलोज र भ्रामक प्रचारमा उत्रिए पनि आफूहरुले त्यस्तो नगर्ने स्पष्ट उनले स्पष्ट पारे।
महत्वकांक्षी कार्यक्रमले भरिएको घोषणापत्रमा एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमले पुनरागमन पाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले पनि प्राथमिकता पाएको छ।
पाँच वर्षमा ठूला र साना सहरहरुमा मेट्रो र मोनो रेलले घोषणापत्रमा प्राथमिकता पाएको छ। उपत्यकामा अबको तीन वर्षमा विद्युतीय सवारीसाधन मात्र हुने परिकल्पनालार्इ पनि घोषणापत्रमा समावेश गरिएको छ।
यसअघि पटकपटक प्रतिवद्धता गरिएको दश वर्षमा २० हजार मेगावाट विजुली वाम गठबन्धनको घोषणपत्रमा पनि अटेको छ। सबै सरकारले आ–आफ्ना पालामा गरेको यो प्रतिवद्धता अनुसार काम भने भएका छैनन्। वायु र जैविक फोहोरबाट समेत विद्युत उत्पादनको लक्ष्य लिइएको छ। उत्पादित विजुली भारत, चीनर वंगलादेशसम्म निर्यातको लक्ष्य घोषणापत्रमा लेखिएको छ। बुढीगण्डकी, पश्चिम सेती, नौमुरे जस्ता आयोजनालाई प्राथमिकता सूचीमा राखिएको छ। प्रसारण लाइन निर्माण र विस्तारलाई पनि स्थान दिइएको छ।
चार वर्षमा काठमाडौँ तराई फास्ट-ट्रयाक निर्माण सम्पन्न गर्ने लक्ष्य घोषणापत्रमा छ। तीव्र गतिका विद्युतीय रेलका विषयले पनि घोषणापत्रमा स्थान पाएका छन्। पूर्व–पश्चिम, तथा हुलाकी राजमार्गको स्तरोन्नतीको लक्ष्य पनि घोषणापत्रमा उल्लेख गरिएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गलाई ५ वर्षमा कम्तीमा ६ लेनमा विस्तार गर्ने योजना घोषणापत्रमा छ।
घोषणापत्रको पूर्णपाठ हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोस्ः
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












