सामाजिक सञ्जाल फेसबुकमा बिमलेन्द्र निधि र राजेन्द्र महतोको घिनलाग्दो भिडन्त !
काठमाडौं, २२ कात्तिक । चुनवा प्रचार प्रसारको लागि सामाजिक सञ्जाल गतिलो माध्यम बन्दै गएको छ । मंसिर १० र २१ गते हुन गईरहेको प्रदेश र प्रतिनिधिसभा चुनावको लागि प्रचार प्रसारमा व्यस्त रहेका उम्मेदवार सामाजिक सञ्जालको पनि भरपुर सदुपयोग गरिहेका छन् । आफ्ले दिनभर गरेका कार्यक्रमहरु तथा गतिविधि सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै आएका छन् ।
जसले गर्दा उनीहरुको प्रचारलाई सहयोग पुगिरहेको छ । तर कुनै कुनै उम्मेदवारले त्यही सामाजिक सञ्जालको दुरुपयोग समेत गरिरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोपको शैलीमा गालिगलौजमा उत्रिएका हुन् । दुई हेभिवेटका नेता बिमलेन्द्र निधी र राजेन्द्र महतोबीचको चुनावी भिन्डत सामाजिक सञ्जाल फेसबुकमा पनि देखिएको हो । अहिले उक्त निर्वाचन क्षेत्रको चर्चा चिया पसल वा सुत्ने कोठामा मात्र नभई सामाजिक सञ्जाल फेसबुकमा समेत पक्ष र विपक्षमा टिका टिप्पणी गर्नेको संख्या धेरै छ ।
दुबैका सर्मथकहरुले फेसबुकमा आफ्ना नेताको प्रसंसा र अर्कालाई आलोचना गर्ने गर्नेहरुको जमात बढ्दै गएको छ । कतिपयले फेसबुकमै निधि र महतोमध्ये कसले जित्ने भन्ने मत सर्वेक्षण समेत गर्ने गरेका छन् । यी दुई नेताका समर्थकहरुको क्रियाकलापले फेसबुक पेज चुनावी मैदान बनेको छ । उम्मेदवारहरुले स्वयम फेसबुकबाटै मतदाता रिझाउन विभिन्न प्रकारका समाग्री पोस्ट गर्ने गरेका छन् ।
उम्मेदवारी दिएकै दिन काँग्रेस नेता निधीले ‘मिथिलाको राजधानी जनकपुर मेरो घर हो भन्दै १ सय ६ शब्दको स्टेट्श फेसबुक पोस्ट गरेका छन् । उक्त पोस्टमा उनी लेख्छन् – ‘यहाँ मैले बामे सर्न सिके, पढे हुर्किए । मेरो राजनीति धनुषाबाट सुरू भएर राष्ट्रीय भयो । राजनीतिक यात्राको सहयात्री बनेको धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि आज विधिवत उम्मेदवारी दर्ता गरेको छु । मेरो उम्मेदवारी विकास, अधिकार र आत्मसम्मानका लागि रहेको आम मतदातालाई अवगत नै छ ।’
अहिले समाजवादको नारा दिएर साम्यवाद लाद्ने र आम जनताका नैसर्गिक अधिकार कुण्ठित गरेर जनतालाई दास बनाउने षड्यन्त्र विरूद्ध सचेत रहन सबैमा आग्रह गर्दै उनी अगाडी लेख्छन्,‘–समाजवाद श्रदेय विपीको सपना र सोच हो । यसका लागि नेपाली कांग्रेस अनवरत लडिरहेको छ । अब समाजवादका नाममा साम्यबाद विरूद्ध यहाँहरूको साथ र सहयोगका लागि आग्रह गर्दछु ।’ यसरी सामाजिक सञ्जाल फेसबुक मार्फत नेता निधीले मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।
उता राजेन्द्र महतोले उम्मेदवारी दिएपछि आफ्ना फेसबुक पेजमा केहि नलेखि एक डिस टेलिभिजनमा दिएको अन्तर्वतालाई पोस्ट गरेका छन् । तर उनका समर्थक र कार्यकर्ताले समाजिक सञ्जालमा उनलाई मधेशको रक्षक भन्नेर पोस्ट गरिरहेका छन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











