सामाजिक सञ्जाल फेसबुकमा बिमलेन्द्र निधि र राजेन्द्र महतोको घिनलाग्दो भिडन्त !
काठमाडौं, २२ कात्तिक । चुनवा प्रचार प्रसारको लागि सामाजिक सञ्जाल गतिलो माध्यम बन्दै गएको छ । मंसिर १० र २१ गते हुन गईरहेको प्रदेश र प्रतिनिधिसभा चुनावको लागि प्रचार प्रसारमा व्यस्त रहेका उम्मेदवार सामाजिक सञ्जालको पनि भरपुर सदुपयोग गरिहेका छन् । आफ्ले दिनभर गरेका कार्यक्रमहरु तथा गतिविधि सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै आएका छन् ।
जसले गर्दा उनीहरुको प्रचारलाई सहयोग पुगिरहेको छ । तर कुनै कुनै उम्मेदवारले त्यही सामाजिक सञ्जालको दुरुपयोग समेत गरिरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोपको शैलीमा गालिगलौजमा उत्रिएका हुन् । दुई हेभिवेटका नेता बिमलेन्द्र निधी र राजेन्द्र महतोबीचको चुनावी भिन्डत सामाजिक सञ्जाल फेसबुकमा पनि देखिएको हो । अहिले उक्त निर्वाचन क्षेत्रको चर्चा चिया पसल वा सुत्ने कोठामा मात्र नभई सामाजिक सञ्जाल फेसबुकमा समेत पक्ष र विपक्षमा टिका टिप्पणी गर्नेको संख्या धेरै छ ।
दुबैका सर्मथकहरुले फेसबुकमा आफ्ना नेताको प्रसंसा र अर्कालाई आलोचना गर्ने गर्नेहरुको जमात बढ्दै गएको छ । कतिपयले फेसबुकमै निधि र महतोमध्ये कसले जित्ने भन्ने मत सर्वेक्षण समेत गर्ने गरेका छन् । यी दुई नेताका समर्थकहरुको क्रियाकलापले फेसबुक पेज चुनावी मैदान बनेको छ । उम्मेदवारहरुले स्वयम फेसबुकबाटै मतदाता रिझाउन विभिन्न प्रकारका समाग्री पोस्ट गर्ने गरेका छन् ।
उम्मेदवारी दिएकै दिन काँग्रेस नेता निधीले ‘मिथिलाको राजधानी जनकपुर मेरो घर हो भन्दै १ सय ६ शब्दको स्टेट्श फेसबुक पोस्ट गरेका छन् । उक्त पोस्टमा उनी लेख्छन् – ‘यहाँ मैले बामे सर्न सिके, पढे हुर्किए । मेरो राजनीति धनुषाबाट सुरू भएर राष्ट्रीय भयो । राजनीतिक यात्राको सहयात्री बनेको धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि आज विधिवत उम्मेदवारी दर्ता गरेको छु । मेरो उम्मेदवारी विकास, अधिकार र आत्मसम्मानका लागि रहेको आम मतदातालाई अवगत नै छ ।’
अहिले समाजवादको नारा दिएर साम्यवाद लाद्ने र आम जनताका नैसर्गिक अधिकार कुण्ठित गरेर जनतालाई दास बनाउने षड्यन्त्र विरूद्ध सचेत रहन सबैमा आग्रह गर्दै उनी अगाडी लेख्छन्,‘–समाजवाद श्रदेय विपीको सपना र सोच हो । यसका लागि नेपाली कांग्रेस अनवरत लडिरहेको छ । अब समाजवादका नाममा साम्यबाद विरूद्ध यहाँहरूको साथ र सहयोगका लागि आग्रह गर्दछु ।’ यसरी सामाजिक सञ्जाल फेसबुक मार्फत नेता निधीले मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।
उता राजेन्द्र महतोले उम्मेदवारी दिएपछि आफ्ना फेसबुक पेजमा केहि नलेखि एक डिस टेलिभिजनमा दिएको अन्तर्वतालाई पोस्ट गरेका छन् । तर उनका समर्थक र कार्यकर्ताले समाजिक सञ्जालमा उनलाई मधेशको रक्षक भन्नेर पोस्ट गरिरहेका छन् ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












