नारायणकाजी श्रेष्ठलाई नमस्कार गरेको बृद्धको काखमा भएको पैसा कस्को ?
काठमाडौं, २२ कात्तिक । यतिबेला समाजिक संजालमा उम्मेदवारहरु भोट माग्दै हिँडेको तस्विर बग्रेल्ती देख्न पाइन्छ । शीर्ष तहका नेताहरुले भोग माग्दै गाउँ गाउँ हिँडेका तस्विर त झन नछुटाइकन फेसबुक र ट्वीटरमा हाल्ने प्रवृत्ति बढ्दै गएको छ ।
मुलुकभरकै सबैभन्दा रोचक प्रतिस्पर्धा मानिएको गोरखा २ नम्बर क्षेत्रमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठबिचको चुनावी भिडन्त हेर्न लायक छ । दुवै नेताहरु एउटै निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा व्यस्त छन् । चुनावी कार्यक्रमका तस्विरहरुले नै उनीहरुको गतिविधि प्रष्ट पारेको छ । तर सबै तस्विर एकनासका हुँदैनन् । नरायणकाजी श्रेष्ठले भोट माग्नका लागि एक वृद्धलाई नमस्कार गरेको एउटा तस्विर श्रेष्ठका लागि घातक बनेको छ ।
मंगलबार सुलिकोट गाउँपालिका–२ को घरदैलो गर्दाको श्रेष्ठको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । श्रेष्ठको चुनावी प्रचारको क्रममा मकवानपुरबाट गोरखा पुगेका पत्रकार सुनिल खड्काले सार्वजनिक गरेको तस्बिरमा श्रेष्ठले एक वृद्धसँग नमस्कार गर्दै भोट मागिरहेका छन् । नमस्कार गर्दा खाटमा पल्टिएका वृद्ध मुस्कुराइरहेका छन् । मुस्कुराई रहेका वृद्धको काखमा पैसा देखिन्छ ।
वृद्धको काखमा भएको पैसा वृद्ध स्वयम्कै नहोला भन्ने कुनै आधार छैन । तर उक्त पैसा नारायणकाजी श्रेष्ठले नमस्कार गर्नुअघि नै वृद्धलाई दिएको आरोप लगाइयो । श्रेष्ठमाथि पैसा बाँड्दै भोट मागेको आरोप त्यही तस्विरका कारण लागेको हो ।
सामान्यतयाः घरमा पाहुना आएको बेला काखमा पैसा लिएर कोही बस्दैनन्, त्यसैले श्रेष्ठले नै मतदातालाई पैसा दिँदै हिँडेका छन् भन्ने तर्क पनि नकार्न सकिदैन । सामाजिक सञ्जालमा नेता श्रेष्ठले ती वृद्धलाई पैसा दिएको आरोप लगाउँदै उक्त तस्बिर शेयर गरिएको छ । तर, तस्बिर हेर्दा वृद्धको काखमा भएको रकम ती वृद्धको आफ्नै हो कि श्रेष्ठले दिएका हुन् भन्नेमा स्पष्ट हुन सकिँदैन ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












