मधेशकेन्द्रित दलको चुनावी एजेण्डा के हो ? घोषणापत्र बिना नै चुनावमा
काठमाडौं, २२ कात्तिक । मधेशकेन्द्रित दलहरु विना घोषणापत्र चुनावमा होमिएका छन् । बौद्धिक मतदाताका लागि र पार्टीको धारणा सार्वजनिक गर्न महत्वपूर्ण मानिएको घोषणापत्रलाई मधेशकेन्द्रित दलहरुले लत्याएका छन् ।
नेपाली कांग्रेस, एमाले र माओवादी सम्मिलित वाम गठबन्धन, राप्रपा लगायतका दलहरुले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर मतदान नजिकिदै जाँदा पनि मधेशकेन्द्रित दलहरुले घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्।
आफुलाई मधेशको रैथाने दाबी गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले घोषणापत्र तयार गर्न समिति समेत बनाउन सकेको छैन। सबै नेताहरु आ आफ्नो क्षेत्रमा रहेकाले घोषणापत्र तयार हुन नसकेको राजपाका महासचिव मनिष सुमनको भनाई छ । उनी भन्छन्, ‘हालसम्म पार्टीको घोषणापत्र तयार भएको छैन। हामी सबै नेताहरु अहिले आ–आफ्नो क्षेत्रमा रहेकाले घोषणापत्र तयार हुन सकेको छैन।’
सुमनले घोषणापत्र एउटा समितिको जिम्मा दिएर बनाउने भने पनि हालसम्म समिति गठन हुन नसकेको बताए। उनले भने, ‘हामी आन्दोलनकारी पार्टी हौं। हाम्रा एजेण्डाहरु जनताले बुझेका छन्। त्यसकारण हाम्रो प्राथमिकतामा घोषणापत्र परेको छैन।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ६ वटा पार्टी मिलेर बनेको राजपामा दस्तावेजहरु निर्माणका लागि विवाद हुँदै आएको छ। पार्टीको विधान पनि विवादरहित बनेको छैन। स्थानीय निकाय निर्वाचनको घोषणापत्रमा पनि निकै विवाद भएको थियो। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणापत्र निर्माणमा पुनः विवाद हुने भन्दै नेताहरु पन्छिन खोजेपछि घोषणा पत्र बन्न नसकेको वा घोषणामा ढिलाई भएको हो ।
संघीय समाजवादी फोरम नेपालले पनि हालसम्म चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेको छैन। फोरम नेपालकी नेतृ रेखा यादवले घोषणापत्र तयार भईरहेको बताईन् । उनले भनिन्,‘हाम्रो चुनावी घोषणापत्र तयार भइरहेको छ । बुधबार रातिसम्म फाइनल हुनेछ।’ यसै साताभित्र घोषणापत्र सार्वजनिक हुन सक्ने यादवले बताइन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












