देउवासँग २ पटक हारेका खगराज भट्टलाई ३ करोड ऋण, अब के होला ?
काठमाडौं, २२ कात्तिक । देश यतिबेला चुनावमय बनिरहेको छ । मंसिर १० र २१ गते गरी दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । संघीय संरचना अनुसार पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावमा विभिन्न रोचक तथ्यहरु देखिएका छन् । लामो समयदेखि भिड्दै आएका उम्मेदवारहरु यसपटक पटि एकअर्काका प्रतिस्पर्धी बनेका छन् । कतै श्रीमान श्रीमती पनि चुनावमा होमिएका छन् ।
विभिन्न राजनीतिक दलका शीष नेताहरु नै चुनावमा होमिएको बेला यसको महत्व झन बढेको छ । पहिलो चरण अन्र्तगत प्रतिनिधिसभाको निर्वाचन आउन एक महिना मात्रै बाँकी रहेको छ । देशव्यापी रुपमा चुनावको माहोलले छोपिरहेको बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको चुनावी क्षेत्र समेत रहेको डडेल्धुरामा समेत चुनावी गतिविधिले तिव्रता पाएको छ ।
प्रधानमन्त्री देउवासँग निर्वाचन लड्न पूर्वपरिचित प्रतिस्पर्धी खगराज भट्ट नै मैदानमा छन् । चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चुनावी चहल पहल बढेको छ । दुई पटक देउवासँगै भिडिसकेका भट्ट यसपटक पनि वाम गठबन्धनको साथमा चुनावी मैदानमा उत्रिएका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि चार पटक डडेल्धुराबाट लगातार चुनाव जितेका देउवा पाँचौँ पटकका लागि चुनाव लडिरहेका छन् । डडेलधुरामा स्थानीय तहको चुनावको मत परिणामलाई आधार मान्ने हो भने कांग्रेस सभापति शेरबहादुर देउवालाई अबको चुनावमा सांसद चुनिन कठिन हुनसक्छ । स्थानीय चुनावमा कांग्रेस ७ मध्ये ४, एमाले २ र माओवादी १ स्थानीय तहमा विजयी भएका थिए ।
देउवा ७० सालको संविधानसभा चुनावमा २३ हजार ९ सय २० मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले १२ हजार ४ सय ९३ र एमालेका डा. ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत ल्याएका थिए । डडेल्धुरामा देउवासँग लगातार तेश्रो पटक भट्ट चुनाव लड्दै छन् ।
माओवादी सशस्त्र द्धन्द्धदेखि नै राजनीतिमा प्रवेश गरेका भट्ट यसपालि प्रधानमन्त्री देउवाको प्रभावक्षेत्र मानिएको डडेल्धुरामा आफ्नो जित निश्चित रहेको बताउँछन् । डडेल्धुरामा स्थानीय तह चुनावको मतलाई आधार मान्ने हो बाम गठबन्धनको मत काँग्रेसको भन्दा आठ हजार वढी छ । स्थानीय तह चुनावमा डडेल्धुरामा काँग्रेसले १९ हजार पाँच सय २३ मत प्राप्त गरेको थियो । यस्तै एमालेले १६ हजार नौ सय १५ मत र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत प्राप्त गरेका थिए ।
२०६४ र २०७० सालको संविधानसभा चुनावमा माओवादीका खगराज भट्टलाई हराएका देउवा यसपटक पनि उनैसँग भिड्दै छन् । तर, २०७० मा भने देउवाको मत २० हजारबाट बढेर करिब २४ हजार पुगेको थियो भने भट्टको मत निकै घटेर १२ हजारमा सिमिति बनेको थियो ।
डडेल्धुरामा एमाले र माओवादी केन्द्रको मत जोड्दा २७ हजार ८ सय ६० हुन्छ जुन काँग्रेसको भन्दा ८ हजार बढी छ । अब देउवाका लागि गठबन्धनको मत तान्नु मुख्य चुनौतिको रुपमा रहेको छ ।
चार पटक मुलुकको कार्यकारी प्रमुख भएका देउवाको तत्कालीन असीग्राम गाविसमा ३५ रोपनी जग्गा छ । पिता प्रसादसिंह देउवाको नाममा रहेको सो जग्गा पैत्रिक सम्पत्तिको रुपमा प्राप्त भएको हो । प्रधानमन्त्री भएपछि उनले सार्वजनिक गरेको विवरणअनुसार असीग्राममा रहेको ३ तल्ले घर द्वन्द्वको समयमा माओवादीले ध्वस्त पारेका थिए ।
यस्तै पिता प्रसादसिंह देउवाको नाममा नै डडेल्धुरा असीग्रामा २१ रोपनी र दाजुभाइको सगोलामा कञ्चनपुरमा १० विगाहा जग्गा छ । प्रधानमन्त्री देउवाको नाममा असर्फी १० थान, सिक्री दुई थान, ब्रेसलेट ५ तोला, औठी ४ वटा रहेको छ । हिरा, पन्ना, रुबी र मुगाको औठी स्वआर्जनको रुपमा उनले विवरणमा उल्लेख गरेका छन् । अरु सबै विवाहमा प्राप्त गरेको विवरणमा उल्लेख छ । एभरेष्ट बैंकमा सभासद्को पारिश्रमिकको रुपमा १६ लाख ५० हजार ७३९ रुपैयाँ रकम रहेको उनले देखाएका छन् । देउवाले सेयरमा लगानी गरेका छैनन् ।
यस्तै उनीसँग प्रतिस्पर्धामा रहेका भट्टको भने डडेल्धुरामा १० रोपनी खेत र १३ रोपनी पाखो बारी रहेको छ । तीन तोला सुन र चार बाख्रा र एउटा भैसी पनि भट्टको सम्पत्तिको रुपमा रहेको छ । २०६४ र २०७० को निर्वाचन लड्दा ३ करोड ऋण लागेको बताउने भट्ट यस पटक भने आफूले चुनाव जित्ने र आफूलाई प्राप्त हुने पारिश्रमिक डडेल्धुराका लागि खर्च गर्ने बताउँछन् ।
उनले यसअघि देउवासँग चुनाब लड्दा आफूलाई ठूलो मात्रामा आर्थिक नोक्सानी भएको गुनासो गरेपछि एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक ब्यवस्थापन गर्ने आवश्वासन दिएर उनलाई साझा उम्मेदवारका रुपमा उठाइएको हो । वाम गठबन्धनको साथ पाएर चुनावमा होमिएका भट्ट यो पटक भने जितेरै छाड्ने दाबी गर्दै आएका छन् । अहिले सम्म हारको स्वाद समेत नचाखेका देउवालाई पहिलो पटक हारको स्वाद चखाउने भट्टको योजना रहेको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











