देउवासँग २ पटक हारेका खगराज भट्टलाई ३ करोड ऋण, अब के होला ?
काठमाडौं, २२ कात्तिक । देश यतिबेला चुनावमय बनिरहेको छ । मंसिर १० र २१ गते गरी दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । संघीय संरचना अनुसार पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावमा विभिन्न रोचक तथ्यहरु देखिएका छन् । लामो समयदेखि भिड्दै आएका उम्मेदवारहरु यसपटक पटि एकअर्काका प्रतिस्पर्धी बनेका छन् । कतै श्रीमान श्रीमती पनि चुनावमा होमिएका छन् ।
विभिन्न राजनीतिक दलका शीष नेताहरु नै चुनावमा होमिएको बेला यसको महत्व झन बढेको छ । पहिलो चरण अन्र्तगत प्रतिनिधिसभाको निर्वाचन आउन एक महिना मात्रै बाँकी रहेको छ । देशव्यापी रुपमा चुनावको माहोलले छोपिरहेको बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको चुनावी क्षेत्र समेत रहेको डडेल्धुरामा समेत चुनावी गतिविधिले तिव्रता पाएको छ ।
प्रधानमन्त्री देउवासँग निर्वाचन लड्न पूर्वपरिचित प्रतिस्पर्धी खगराज भट्ट नै मैदानमा छन् । चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चुनावी चहल पहल बढेको छ । दुई पटक देउवासँगै भिडिसकेका भट्ट यसपटक पनि वाम गठबन्धनको साथमा चुनावी मैदानमा उत्रिएका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि चार पटक डडेल्धुराबाट लगातार चुनाव जितेका देउवा पाँचौँ पटकका लागि चुनाव लडिरहेका छन् । डडेलधुरामा स्थानीय तहको चुनावको मत परिणामलाई आधार मान्ने हो भने कांग्रेस सभापति शेरबहादुर देउवालाई अबको चुनावमा सांसद चुनिन कठिन हुनसक्छ । स्थानीय चुनावमा कांग्रेस ७ मध्ये ४, एमाले २ र माओवादी १ स्थानीय तहमा विजयी भएका थिए ।
देउवा ७० सालको संविधानसभा चुनावमा २३ हजार ९ सय २० मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले १२ हजार ४ सय ९३ र एमालेका डा. ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत ल्याएका थिए । डडेल्धुरामा देउवासँग लगातार तेश्रो पटक भट्ट चुनाव लड्दै छन् ।
माओवादी सशस्त्र द्धन्द्धदेखि नै राजनीतिमा प्रवेश गरेका भट्ट यसपालि प्रधानमन्त्री देउवाको प्रभावक्षेत्र मानिएको डडेल्धुरामा आफ्नो जित निश्चित रहेको बताउँछन् । डडेल्धुरामा स्थानीय तह चुनावको मतलाई आधार मान्ने हो बाम गठबन्धनको मत काँग्रेसको भन्दा आठ हजार वढी छ । स्थानीय तह चुनावमा डडेल्धुरामा काँग्रेसले १९ हजार पाँच सय २३ मत प्राप्त गरेको थियो । यस्तै एमालेले १६ हजार नौ सय १५ मत र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत प्राप्त गरेका थिए ।
२०६४ र २०७० सालको संविधानसभा चुनावमा माओवादीका खगराज भट्टलाई हराएका देउवा यसपटक पनि उनैसँग भिड्दै छन् । तर, २०७० मा भने देउवाको मत २० हजारबाट बढेर करिब २४ हजार पुगेको थियो भने भट्टको मत निकै घटेर १२ हजारमा सिमिति बनेको थियो ।
डडेल्धुरामा एमाले र माओवादी केन्द्रको मत जोड्दा २७ हजार ८ सय ६० हुन्छ जुन काँग्रेसको भन्दा ८ हजार बढी छ । अब देउवाका लागि गठबन्धनको मत तान्नु मुख्य चुनौतिको रुपमा रहेको छ ।
चार पटक मुलुकको कार्यकारी प्रमुख भएका देउवाको तत्कालीन असीग्राम गाविसमा ३५ रोपनी जग्गा छ । पिता प्रसादसिंह देउवाको नाममा रहेको सो जग्गा पैत्रिक सम्पत्तिको रुपमा प्राप्त भएको हो । प्रधानमन्त्री भएपछि उनले सार्वजनिक गरेको विवरणअनुसार असीग्राममा रहेको ३ तल्ले घर द्वन्द्वको समयमा माओवादीले ध्वस्त पारेका थिए ।
यस्तै पिता प्रसादसिंह देउवाको नाममा नै डडेल्धुरा असीग्रामा २१ रोपनी र दाजुभाइको सगोलामा कञ्चनपुरमा १० विगाहा जग्गा छ । प्रधानमन्त्री देउवाको नाममा असर्फी १० थान, सिक्री दुई थान, ब्रेसलेट ५ तोला, औठी ४ वटा रहेको छ । हिरा, पन्ना, रुबी र मुगाको औठी स्वआर्जनको रुपमा उनले विवरणमा उल्लेख गरेका छन् । अरु सबै विवाहमा प्राप्त गरेको विवरणमा उल्लेख छ । एभरेष्ट बैंकमा सभासद्को पारिश्रमिकको रुपमा १६ लाख ५० हजार ७३९ रुपैयाँ रकम रहेको उनले देखाएका छन् । देउवाले सेयरमा लगानी गरेका छैनन् ।
यस्तै उनीसँग प्रतिस्पर्धामा रहेका भट्टको भने डडेल्धुरामा १० रोपनी खेत र १३ रोपनी पाखो बारी रहेको छ । तीन तोला सुन र चार बाख्रा र एउटा भैसी पनि भट्टको सम्पत्तिको रुपमा रहेको छ । २०६४ र २०७० को निर्वाचन लड्दा ३ करोड ऋण लागेको बताउने भट्ट यस पटक भने आफूले चुनाव जित्ने र आफूलाई प्राप्त हुने पारिश्रमिक डडेल्धुराका लागि खर्च गर्ने बताउँछन् ।
उनले यसअघि देउवासँग चुनाब लड्दा आफूलाई ठूलो मात्रामा आर्थिक नोक्सानी भएको गुनासो गरेपछि एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक ब्यवस्थापन गर्ने आवश्वासन दिएर उनलाई साझा उम्मेदवारका रुपमा उठाइएको हो । वाम गठबन्धनको साथ पाएर चुनावमा होमिएका भट्ट यो पटक भने जितेरै छाड्ने दाबी गर्दै आएका छन् । अहिले सम्म हारको स्वाद समेत नचाखेका देउवालाई पहिलो पटक हारको स्वाद चखाउने भट्टको योजना रहेको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











