यात्रुमाथि दुव्र्यवहारको भिडियो भाइरल भएपछि छानबिन समिति
नयाँ दिल्ली, २३ कात्तिक । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि त्यसको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
करिब महिना दिनअघि भारतको चेन्नईबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका एक यात्रुलाई विमानस्थलमै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुर्व्यवहार गरेका थिए ।
मंगलबार सार्वजनिक भएको उक्त भिडियोमा एक यात्रुलाई विमानबाट बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालिएको छ । उक्त भिडियो मंगलबार नै भारतका करोडौं नागरिकले हेरिसकेका छन् ।
भिडियो भाइरल भएपछि उक्त एयरलाइन्सले भने सार्वजनिक रूपमा नै माफी मागेको छ । तर सर्वसाधारण यात्रुमाथि गरिएको दुर्व्यवहारप्रति देशव्यापी रूपमा बढेको आक्रोश अझै मत्थर भने भएको छैन । उक्त घटनाको छानबिन गर्न बुधबार बिहानै एक समिति गठन गरिएको जानकारी भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले दिएका छन् ।
भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ । उनलाई उक्त घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन दिन भनिएको छ । मन्त्री गजापतिले भनेका छन्, ‘एयरलाइन्सजस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रुमा गरिएको यो व्यवहार निन्दनीय छ, दोषीमाथि कारबाही हुन्छ, हामीले यस घटनाको छानबिन सुरु गरिसकेका छौं ।’ ती यात्रुलाई भौतिक रूपमा लछारपछार पार्नुका साथै गालीगलौज पनि गरिएको भिडियोको फुटेजमा देखिन्छ । रासस/सिन्हा
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












