माओवादीका तीन पोलिटब्यूरोसहित दश नेता पार्टीबाट निष्काशित

काठमाडौं, २३ कात्तिक । नेकपा माआवादी केन्द्रले तीन जना पोलिटव्यूरो सदस्यसहित दश जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ । वाम गठबन्धन विरुद्ध उमेदवारी दिएका नेता, उनीहरुका प्रस्तावक र समर्थकलाई माओवादीले पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरेको हो ।
हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा छिमिदोर्जे लामाबिरुद्ध बागी उम्मेदवारी दिने पोलिटव्यूरो सदस्य छक्कबहादुर लामा, सल्यानबाट प्रतिनिधिसभा सदस्यमा टेकबहादुर बस्नेतबिरुद्ध बागी उम्मेदवारी दिएका पोलिटव्यूरो सदस्य उमाकान्त शर्मा र सल्यानबाटै प्रदेश ‘क’ मा बागी उमेदवारी दिएका पोलिटव्यूरो सदस्य भिमप्रकाश शर्मालाई माओवादीले कारवाही गरेको हो ।
सल्यानबाटै प्रदेश ‘ख’ बाट बागी उम्मेदवारी दिएका आयोजक समिति सदस्य जितबहादुर पुनलाई पनि पार्टी सदस्य नरहने गरी माओवादीले कारवाही गरेको छ । यस्तै सल्यानका बागी उम्मेदवारहरुका प्रस्तावक र समर्थक आयोजक समिति सदस्यहरु प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीरा ओली, हरिलाल डिसी, टंक ढकाल र कीर्तिबहादुर रानालाई पनि माओवादीले कारवाही गरेको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












