विवेकशील साझा पार्टीले नेपाललाई २० वर्षमा मध्यम आय भएको मुलुक बनाउने
काठमाडौं, २३ कात्तिक । नेपाललाई २० वर्षमा मध्यम आय भएको मुलुक बनाउने विवेकशील साझा पार्टीले घोषणा गरेको छ । आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा लिँदै आएको विवेकशील साझा पार्टीले चुनावी घोषणापत्रमा यस्तो उल्लेख गरेको हो ।
आशन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि बनाएको चुनावी घोषणापत्रमा अरु दलको जस्तै देशलाई आर्थिक संवृद्धि र स्थितिरता दिने प्रतिबद्धता गरिएको छ ।
विकेकशील साझा पार्टीले ठूला दल देशमा मौलाएको भ्रष्टाचार, अनियमितता जस्ता कुरितिप्रति मौन रहेकाले चुनावी मैदानमा उत्रनु परेको प्रष्ट पारेको छ । घोषणापत्रमा भनिएको, ‘ठूला दल लुटतन्त्रप्रति मौन छन् । देशलाई संकटबाट निकालेर लोकतन्त्रको रक्षा गर्न हामी चुनावी प्रतिष्पर्धामा आएका छौं ।’
विकेकशील साझा पार्टीले २० वर्षभित्र देशलाई मध्यम आय भएको देशको स्तरमा पुर्याउने, उद्योग कलकारखाना खोल्ने उल्लेख गरेको छ । रोजगारी, पानी, बिजुली जस्ता आधारभूत विषयको प्रत्याभूति राज्यले नै गर्ने विवेकशील साझा पार्टीको घोषणापत्रमा लेखिएको छ ।
विवेकशील पार्टीले राइट टु रिजेक्ट, राइटु रिकलको व्यवस्था गर्ने उल्लेख गरेको । पार्टीले बेलायती प्रणालीको संसदीय व्यवस्थाका कारण राजनीतिक अस्थिरता आएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको व्यवस्थाको पक्षमा उभिएको छ ।
चुनावी घोषणापत्रको पूर्णपाठ हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोस्
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












