रुकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार, ठूलो दुर्घटनाबाट जोगियो
रुकुम, २४ कात्तिक । गृहबाट विनाविभागीय मन्त्रीको जिम्मेवारी सम्हालिरहेका जनर्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।
चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथी सडकमाथिबाट बम प्रहार भएको हो । सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो ।
शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन भने अर्को पड्केको थियो । पड्केको पनि धुलोमा परेका कारण धेरै असर गर्न नसकेको प्रहरीले जनाएको छ । ‘बम फालिएको सडक धुलाम्य थियो, फालिएको एउटा पड्केन, पड्केको पनि धुलोमा परेका कारण खासै असर गरेन’ प्रचार टोलीका एक सदस्यले भने ।
उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताए । ‘मेरै गाडीलाई लक्षित गरी बम प्रहार गरिएको थियो, सेक्युरीटीको पहलकदमीको कारण क्षति हुन पाएन’ शर्माले भने । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उनको भनाई छ । प्रहरीले निर्वाचन विरोधी समूहको काम रहेको बताएको छ । ‘अहिले केही खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले भने, ‘त्यसमा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको छ ।’
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिन अघि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो व्यानर राखेका थिए । उक्त टोलीमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यतर्फ ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा, माओवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार चन्द्रबहादुर विक, प्रदेशसभा सदस्य विमला केसी, एमालेको तर्फबाट प्रदेशसभा तर्फकी समानुपातिक उम्मेदवार देवी ओली लगायत एमाले तथा माओवादीका नेताहरु पनि थिए ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












