केरूङदेखि काठमाडौं रेल ल्याउन सकिने चिनियाँ टोलीको निष्कर्ष
काठमाडौं, २४ कात्तिक । केरूङदेखि काठमाडौंसम्म रेल ल्याउन सकिने चिनियाँ टोलीले निष्कर्ष निकालेको छ । केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलमार्ग अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले तीन दिनको स्थलगत अध्ययनपछि यस्तो निष्कर्ष निकालेको हो । चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले मंगलबारदेखि बिहीबारसम्म रेलमार्गको स्थलगत अध्ययन गरेको हो।
अध्ययनपछि टोलीले शुक्रबार बिहान नेपाली अधिकारीहरूसँग छलफल गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित बिहान साढे १० बजे मन्त्रालयमा दुई पक्षीय छलफल भएको थियो। स्थलगत अध्ययन र बैठकमा सहभागी रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायका अनुसार झन्डै डेढ घन्टा चलेको छलफलमा चिनियाँ पक्षले दुबै रेलमार्ग बनाउन सकिने तर समस्या भने धेरै रहेको बताएको छ।
‘यसअघि रेलमार्ग बनाउन सकिन्छ कि सकिन्न भन्ने थियो उहाँहरूले दुबै रेलमार्ग बनाउन सकिने बताउनुभयो,’ उपाध्यायले भने, ‘तर धेरै भौगोलिक, प्राविधिक र व्यवस्थापकीय समस्या छन् यसलाई समाधान गर्न तपाईँहरूको ठूलो भूमिका हुन्छ भन्नुभयो।’
चिनियाँ टोलीले हिमाल छिचोलेर केरूङबाट काठमाडौं आउने रेलमार्गमा मुख्य समस्या जमिनको बनावट बताएको छ। ‘स्याप्रुवेशीदेखि केरूङसम्म जमिनको चढाइ एकदमै उकालो छ, हिउँ पर्ने यस्तो ठाउँमा रेलमार्ग बनाउन महंगो र मर्मत गर्न पनि गाह्रो हुन्छ भन्ने उहाँहरूको कुरा थियो,’ उपाध्यायले भने।
चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोलीले रेलमार्ग बनाउन नेपालमा रहेका वन कटानी, जग्गा अधिग्रहण लगायतका विषयले पनि समस्या ल्याउन सक्ने बताएको छ। नेपाली पक्षले रेलमार्ग बनाउन आफूहरू चीन सरकारसँग सहकार्य गर्न तयार रहेको जवाफ दिएका थिए।
यसअघि सरकारले काठमाडौं–पोखरा (१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ (१०० किमी) को पूर्वसम्भाव्यता अध्ययन भएको थियो। पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो।
चीनले सन् २०२० सम्म केरुङसम्म रेल पुर्याउने गरी काम गरिरहेको छ। यसअघि उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले केरूङसम्म आउने रेल नेपालसम्म ल्याइदिन प्रस्ताव राखेका थियो। सोही प्रस्ताव अुनसार चीनले पहिलो पटक नेपालमा रेलमार्गको अध्ययन गर्न टोली पठाएको हो।
http://news-nepal.com/665774/
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












