डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको स्वागत गर्न दिल्लीका माग्ने हटाइने
नयाँ दिल्ल्ली, २८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको भारत भ्रमणको तयारी सुरु भएको छ । आगामी नोभेम्बर २८ देखि भारतको हैदरवादमा हुने अन्तर्राष्ट्रिय उद्यमी सम्मेलनमा सहभागी हुन इभाङ्का भारत आउने कार्य तालिका रहेको छ ।
उनको लक्षित गर्दै भारत सरकारले प्रमुख शहर क्षेत्रमा बस्दै आएका माग्ने हटाउने अभियान सुरू गरेको छ । माग्नेहरूको संख्या अत्याधिक रहेको भारतको हैदरवाद शहर क्षेत्रका माग्नेहरूलाई हटाउनका लागि भारतीय प्रहरीले अभियान सुरू गरेको हो ।
मुख्य सहर क्षेत्रमा माग्नेहरू रहेको जानकारी दिनेलाई ५०० रूपैयाँ इनामको समेत घोषणा प्रशासनले गरेको छ । उनीहरूको पुर्नवासको व्यवस्था आश्रममा मिलाइने जानकारी सरकारले दिएको छ । उक्त अभियान जनवरी ७ सम्म जारी रहने हैदरवाद प्रहरी प्रशासनले बताएको छ ।
यसअघि सन् २००० मा अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन भारत भ्रमणमा आउँदा यस्तो अभियान चलाइएको थियो । भारतको हैदरवाद लगायतका मुख्य मुख्य शहरका मन्दिर, रेल स्टेशन तथा मुख्य मुख्य सार्वजनिक स्थलका माग्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । नियन्त्रणमा रहेका माग्नेहरू आश्रममा बस्न थालिसकेका छन् ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











