सर्वोच्चले नेशनल ट्रेडिङका तत्कालिन महाप्रवन्धक बसीलाई पुनर्बहाली गर्यो
काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालतले बर्खास्तीमा परेका नेसनल ट्रेडिङ कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक पूर्णशंकर बसीलाई पुनर्बहाली गर्न फैसला गरेको छ । बर्खास्त भएको दुई वर्षपछि सर्वोच्चले सरकारको निर्णय उल्ट्याउँदै बसीलाई पुनर्वहाली दिने फैसला गरेको हो ।
१२ माघ ०७१ मा संस्थान प्रमुख बनाएको सरकारले उनलाई नौ महिनापछि २२ असोज ०७२ मा बर्खास्त गरेको थियो । आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयका विरुद्ध बसी सर्वोच्च गएका थिए । सोही मुद्दामा आइतवार सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।
सर्वोच्चको फैसलासँगै अब बसी संस्थान फर्किने तयारीमा छन् । आपूर्ति मन्त्रालयका अनुसार बसीलाई पुनर्बहाली गर्ने सम्बन्धमा फैसलाको आधिकारिक पत्र प्राप्त हुन बाँकी छ । आधिकारिक पत्र प्राप्त भएपछि उनलाई पुनर्बहाली दिईने मन्त्रालयकी सहसचिव उर्मिला अर्यालले बताइन् ।
तत्कालीन सरकारले उनलाई चार वर्षका लागि संस्थान प्रमुखमा नियुक्ती दिएको थियो । आयात-निर्यात कम्पनी बज्रयोगिनी ट्रेडस्मार्फत अनियमितता गरेको आरोप उनीमाथि लागेको थियो ।
उनीमाथि उक्त कम्पनीको अध्यक्ष हुँदा बैंकको नाममा किर्ते कागज बनाई अनियमितता गरेको आरोप लागेको थियो । उक्त आरोप पुष्टि हुन नसकेपछि सर्वोच्चले उनको पक्षमा फैसला गरेको हो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












