रोल्पामा सिंचाई राज्यमन्त्री पुनलाई लक्षित गरी बम विष्फोट, विप्लव कार्यकर्ता आशंकामा
रोल्पा, ३० कात्तिक । रोल्पामा सिंचाई राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ । स्वर्णवती गाउँपालिका–१, बाद्रिवनमा कांग्रेस उम्मेदवार समेत रहेका राज्यमन्त्री पुनलाई लक्षित गरी बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो उनलाई लक्षित गरी बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सुत्ली बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।
चुनाव विरोधी विप्लव समूहले बम प्रहार गरेका हुन सक्ने आशंका गरिए पनि विप्लव नेतृत्वको नेकपाले भने अस्वीकार गरेको छ । पार्टीका राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाँठाले आफूहरु शान्तिपूर्ण रुपमा विरोध गरिरहेको भन्दै नेकपाको नाममा तेस्रो पक्षले फाइदा उठाएको प्रतिक्रिया दिएका छन् ।
यसअघि रोल्पमा माओवादी केन्द्रका नेता वाम गठबन्धनका साँझा उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी बम विष्फोट गराईएको थियो । उक्त घटनामा नेत्रविक्रम चन्द विप्लव कार्यकर्ताको हात रहेको आशंका गरिरहेकै बेला सरकारले मन्त्रीमाथि बम प्रहार भएको हो ।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...












