राती ओछ्यानमा श्रीमानले भनेजस्तो गर्न नमान्दा श्रीमतीको हत्या
एजेन्सी, ३० कात्तिक । बेडरुममा भनेजस्तो नगरेको भन्दै एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारतको हरियाणा राज्यको कुरुक्षेत्र जिल्लाको जोगना खेडा गाउँका संजीवले बेलुकाको खाना खाएरसँगै सुत्न गएकी श्रीमती सुमनको हत्या गरेका हुन् । आफूले भनेको नमान्दा रिसमा हत्या गरेको उनले प्रहरीसपक्ष बयान दिएका छन् । ती दुईको राती यौन सम्बन्धको विषयलाई लिएर झगडा भएको थियो ।
श्रीमान्ले राती यौन सम्बन्धको प्रस्ताव गरेकोमा श्रीमतीले नमानेपछि रिसाएका श्रीमान्ले हत्या गरिदिएका हुन् । राती हत्या गरेका संजीव बिहान उठेर घरबाहिर हिँडेका थिए । संजीव हिँडेको लामो समयसम्म सुमन नउठेपछि परिवारले उनको कोठामा गएर हेर्दा उनी मृत भेटिएकी थिइन् ।
सुमनका माइतीले भने उनको हत्याको कारण अर्कै भएको दावी गरेका छन् । सुमनका दाजु रविले संजीवको अर्कै युवतीसँग अबैध सम्बन्ध भएको र सुमनले यसको विरोध गर्दा संजीवले हत्या गरेको दावी गरेका छन् । संजीवको आफ्नै दाजुकी सालीसँग अबैध सम्बन्ध भएको खुलेको छ । यही सम्बन्धका कारण उनले सुमनलाई कुटपिट पनि गरेका थिए । यही कारण गाउँमा कैयौं पटक पंचायत पनि बोलाइएको थियो । संजीवको अबैध सम्बन्धका कारण भएको झगडापछि सुमन माइती गएकी थिइन् ।
हालै सुमन २ महिनादेखि माइतीमा बसिरहेकोमा संजीव गएर अब यस्तो गल्ती नगर्ने भन्दै माफी मागेर फर्काएर घर ल्याएका थिए । घटना शंकास्पद भएपछि डाक्टरहरुले शवलाई पोस्टमार्टमका लागि खानपुर मेडिकल कलेज सोनीपत पठाएका छन् । सुमनका दाजु रवीरे संजीवसहित परिवारका ६ जनाविरुद्ध हत्या अभियोग लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












