राप्रपा ललितपुर क्षेत्र नम्बर १ का अध्यक्ष खत्री कांग्रेसमा प्रवेश
ललितपुर, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ललितपुर क्षेत्र नं– १ का अध्यक्ष प्रकाशबहादुर खत्री नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।काँग्रेसद्वारा बिहीबार बेलुका आयोजित नव आगन्तुकलाई पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष खत्री विधिवत् रुपमा पार्टीमा प्रवेश गरेको बताइएको छ । खत्रीसमेत ४० जना राप्रपाका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको सो क्षेत्रमा काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका अर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताउनुभयो ।
त्यस्तै गोदवारी नगर कार्यसमितिका नेकपा (एमाले) निकट युथ फोर्सका नेता सुरेश थापामगरसहित २० जना काँग्रेसमा प्रवेश गरेको उहाँले बताउनुभयो । सो अवसरमा अर्थराज्यमन्त्री शम्शेरले संविधानको रक्षार्थ र कार्यान्वयनका लागि मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताउँदै संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेसको जित आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टी प्रवेश गर्नुभएका राप्रपा नेता खत्रीले लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि आफू काँग्रेसमा प्रवेश गरेको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












