वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएको भन्दै कांग्रेस कार्यकर्ताद्धारा कुटपिट
जाजरकोट, ४ मंसिर । वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएका भन्दै जाजरकोटमा कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । छेडागाड नगरपालिका–१२ कार्कीगाउँका दमाइहरुलाई कांग्रेस कार्यकर्ताले घरमै गएर कुटपिट गरेका हुन् । उनीहरुले कले दमाईकी श्रीमती मनदरी दमाई र भाइ पृथी दमाईलाई कुटपिट गरी घाइते बनाएका हुन् ।
त्यही वडाको मनघाटमा भएको गठबन्धनको चुनावी सभामा बाजा बजाएको र खाना पकाएर सहयोग गरेको भन्दै उनीहरुले घरमै आएर कुटपिट गरी घाइते बनाएको पीडित कले दमाइले बताए । उनीहरुले वाम गठबन्धन मुर्दाबाद नारासहित घर घेरेर ‘कार्यक्रममा किन गएको तिमी ‘डुम’ हरुको आज लास पार्छौँ’ भन्दै कुटपिट गरेको कले दमाइले बताए ।
उनीहरुमाथि गत शुक्रबार घरभित्रै गएर लछारपछार पारेर बाँसका लठ्ठीले कुटपिट गरेको मन्दरी दमाइले बताइन् ।
कांग्रेसका कार्यकर्ता काशीराम रोकाय, मेघ बादी, काशीराम बादी, लालबहादुर शाही, मानबहादुर सिंह, विनोद शाही, टेकबहादुर शाही र दीप मल्ल लगायतकाले कुटपिट गरेका हुन् ।
पीडितहरुले आफुलाई कार्यक्रममा सहभागी भएकै कारण कुटपिट गरिएको भन्दै जिल्ला प्रहरी कार्यलय जाजरकोटमा आइतवार उजुरी दर्ता गराएका छन् । उजुरीपछि दुवै पक्षलाई बोलाइएको बताउँदै सोमवार यसबारे छलफल गर्ने प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...












