दिदी रेणुलाई भरतपुरको मेयरमा विजयी गराएका प्रकाशको के यो सपना पुरा होला ?
काठमाडौं, ४ मंसिर । प्रकाश दाहाल नाम जस्तै प्रकाशको ज्योती कहिल्यै नचम्किने गरी अस्ताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका मेरुदण्ड मानिएका प्रकाश अब यो संसारमा कहिल्यै चम्किने छैनन् । उनी सदाको लागि यो संसारलाई उध्यारो बनाएर गए । माओवादी अध्यक्ष तथा बाबु प्रचण्डका एक सशक्त खम्बाका रुपमा उभिएका प्रकाशले प्रचण्ड परिवारलाई कहिल्यै निको नहुँनेगरी घाउँ बनाएर गए ।
आफ्नो बाबुको राजनीतिक देखि लिएर सबै काममा पोख्त प्रकाश श्रीमतीका विषयमा भने विवादित रहे । तीन वटा विवाह गरेर विवादमा तानिएका प्रकाश पछिल्लो समय माओवादी पार्टीका एक दरिलो खम्काका रुपमा उभिँदै आएका थिए । मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावको मुखैमा उनी सबैलाई छोडेर जाँदा त्यसको सबैभन्दा बढी चोट प्रचण्ड र श्रीमती बिना मगरलाई परेको छ ।
आईतबार यो संसारबाट अस्ताएका प्रकाशले एउटा सपना भने अधुरै छोडेर गए । र त्यसको जिम्मा बाबु र श्रीमती बिना मगरलाई दिएका छन् । आफ्नो बाबुलाई चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिभिसभा सदस्य र श्रीमती बिनालाई कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिताउने सपना बिच बाटोमै छोडेर गए ।
निर्वाचन सामाग्री व्यवस्थापन गर्न चितवनबाट पाँच दिनअघि काठमाडौं आएका प्रकाशको फेरी चितवन फर्किने कार्यक्रम थियो । चितवनमा बाबुको चुनावी प्रचार प्रसारलाई सहयोग गरेर श्रीमती बिनालाई जिताउन कञ्चनपुर जाने कार्यक्रम थियो । तर त्यो सपना अधुरै रह्यो ।
काठमाडौंमा निर्वाचन सामाग्रीको व्यवस्थापन गरेर चितवन हुँदै कञ्चनपुर जाने योजना रहेको दाहालका स्वकिय सचिव सन्तु दराईले जानकारी दिए । ‘निर्वाचन सामाग्री तयार पारेर चितवन हुँदै कञ्चनपुर जाने योजना थियो,’ दराईले भने ‘तर कहिल्यै नफर्किनेगरी हामी सबैलाई छाडेर गए ।’
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












