प्रकाशको तस्वीरमा फूल चढाउँदा यस्ती भईन् बीना
चितवन, ५ मंसिर । भरतपुरमा पति प्रकाशको तस्वीरमा फूलमाला चढाउँदै गर्दा पत्नी बीना मगर निकै भावविव्हल देखिइन् । भरतपुरस्थित केन्द्रीय बसपार्कमा आयोजित श्रद्धाञ्जली सभामा बीनाले फूलमाला चढाएकी थिईन् ।
श्रद्धाञ्जली सभा सुरु भएपछि स्व. प्रकाशको तस्वीरमा फूलमाला चढाइएको थियो। फूलमाला चढाउन सबैभन्दा अगाडि थिइन्, आमा सीता दाहाल। छोरालाई फूलमाला चढाउने क्रममा आमा सीता पनि निकै भावविव्हल देखिइन्। सीता पछि रहेका प्रचण्डले सम्हाल्दै लगेका थिए।
भावविव्हल सीताले छोराको तस्वीरमा फूल चढाइन् र मुहारमा दुई पटक अविर छर्किइन्। सीतापछि प्रचण्डले छोरालाई फूलमाला चढाए। प्रचण्डपछि क्रमैसँग एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले बरिष्ठ नेता माधव नेपाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल र मातृका यादवले फूल अविर चढाए। त्यसपछि फेरि पालो आयो, प्रचण्ड परिवारको। यादवपछि प्रकाशकी कान्छी दिदी गंगा दाहालले भाईलाई फूलअविर चढाइन्।
गंगाको ठीक पछिल्तिर लाइनमा थिइन्, प्रकाशपत्नी बीना मगर। भक्कानो छोडेर रोइरहेकी बीनालाई सम्हाल्दै प्रकाशको तस्वीर अघिल्तिर लैजाने काम माओवादी नेतृ कञ्चन खनालले गरेकी थिइन्।
Comments
अरु समाचार
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











