काँग्रेस भक्तपुरको चुनावी घोषणापत्र सार्वजनिक
भक्तपुर, ५ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले तयार पारेको भक्तपुर घोषणापत्र सार्वजनिक गरेको छ । लोकतान्त्रिक गठबन्धनको युवा परिचालन समितिले आयोजना गरेको कार्यक्रममा काँग्रेस भक्तपुर सभापति दुर्लभ थापाले उक्त घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा भक्तपुर जिल्लाको समग्र विकासका लागि सडक विस्तार गर्ने, गाउँगाउँमा पक्की सडक निर्माण गर्ने, यातायातको पहुँच सबै क्षेत्रमा पुयाउने, भक्तपुरलाई स्वास्थ्यको गन्तव्यको रुपमा विकास गर्ने, निःशुल्क शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, मेलम्ची खानेपानीलाई भक्तपुरका सबै ठाउँमा पु¥याउने कुरा समावेश गरिएको छ ।
त्यसैगरी कृषिको प्रवर्दन गर्ने, खेतखेतमा सिँचाइको पहुँच पुयाउने, बन्द भएका उद्योग सञ्चालनमा ल्याउने, नयाँ उद्योगको विकास गरी रोजगारीको प्रवद्र्धन गर्ने, इँटा, बालुवा खानीको व्यवस्थापन गर्ने, कला, संस्कृतिको जगेर्ना गर्ने, विश्वसम्पदा सूचीमा रहेका सम्पदाको संरक्षण गर्ने, होमस्टे पर्यटनको विकास गर्ने, भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको व्यवस्था गर्ने, भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।
कार्यक्रममा अध्यक्ष थापाले घोषणापत्रमा उल्लेख भएका काम गर्न काँग्रेससक्षम रहेको चर्चा गर्दै भ्रमको खेती गर्ने वामपन्थी गठबन्धनको उम्मेदवारलाई काँग्रेसले चुनावबाट परास्त गर्ने बताउनुभयो सो अवसरमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, युवा परिचालन समितिका संयोजक अष्टकुमार कवेँ, घोषणापत्र निर्माणका संयोजक किरण न्यौपाने, भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभातर्फका उम्मेदवार बाबुराजा जोशी, प्रदेश ‘क’ का उम्मेदवार जीवन खत्री, ‘ख’ का उम्मेदवार अनिल भुजु, डा कोमल फुयाललगायतले भक्तपुरमा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












