काँग्रेस भक्तपुरको चुनावी घोषणापत्र सार्वजनिक
भक्तपुर, ५ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले तयार पारेको भक्तपुर घोषणापत्र सार्वजनिक गरेको छ । लोकतान्त्रिक गठबन्धनको युवा परिचालन समितिले आयोजना गरेको कार्यक्रममा काँग्रेस भक्तपुर सभापति दुर्लभ थापाले उक्त घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा भक्तपुर जिल्लाको समग्र विकासका लागि सडक विस्तार गर्ने, गाउँगाउँमा पक्की सडक निर्माण गर्ने, यातायातको पहुँच सबै क्षेत्रमा पुयाउने, भक्तपुरलाई स्वास्थ्यको गन्तव्यको रुपमा विकास गर्ने, निःशुल्क शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, मेलम्ची खानेपानीलाई भक्तपुरका सबै ठाउँमा पु¥याउने कुरा समावेश गरिएको छ ।
त्यसैगरी कृषिको प्रवर्दन गर्ने, खेतखेतमा सिँचाइको पहुँच पुयाउने, बन्द भएका उद्योग सञ्चालनमा ल्याउने, नयाँ उद्योगको विकास गरी रोजगारीको प्रवद्र्धन गर्ने, इँटा, बालुवा खानीको व्यवस्थापन गर्ने, कला, संस्कृतिको जगेर्ना गर्ने, विश्वसम्पदा सूचीमा रहेका सम्पदाको संरक्षण गर्ने, होमस्टे पर्यटनको विकास गर्ने, भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको व्यवस्था गर्ने, भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।
कार्यक्रममा अध्यक्ष थापाले घोषणापत्रमा उल्लेख भएका काम गर्न काँग्रेससक्षम रहेको चर्चा गर्दै भ्रमको खेती गर्ने वामपन्थी गठबन्धनको उम्मेदवारलाई काँग्रेसले चुनावबाट परास्त गर्ने बताउनुभयो सो अवसरमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, युवा परिचालन समितिका संयोजक अष्टकुमार कवेँ, घोषणापत्र निर्माणका संयोजक किरण न्यौपाने, भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभातर्फका उम्मेदवार बाबुराजा जोशी, प्रदेश ‘क’ का उम्मेदवार जीवन खत्री, ‘ख’ का उम्मेदवार अनिल भुजु, डा कोमल फुयाललगायतले भक्तपुरमा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।रासस
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












