अमात्य र भुषाल मत माग्न व्यस्त
ललितपुर, ६ मंसिर । आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले मतदातासँग भोट माग्न घरदैलो अभियान गरिरहेका छन् । गाउँघरमा चुनावी चहलपहल बढ्दै गएको छ ।
निर्वाचनमा भाग लिन मतदाता आतुर देखिन्छन् । उम्मेदवार आफ्नो पक्षमा मत माग्न कसरत गरिरहेका छन् । काँग्रेस उम्मेदवार मदनबहादुर अमात्य २०७० सालको सविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । उहाँ यसपाली लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।
“लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसको विजय आवश्यक छ,” उहाँले भन्नुभयो । वाम गठबन्धनले कुनै असर पार्न नसक्ने अमात्यको भनाइ छ । आफ्नो चार वर्षको कार्यकालमा विकास निर्माणका कामलाई तीव्रता दिएको उहाँको दाबी छ ।
वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुषाल २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा विजयी हुनुभएको थियो । आफ्नो विजय सुनिश्चित गराउन उहाँले घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । विसं २०६४ को निर्वाचनमा जस्तै जनताले यसपटक पनि आफूलाई निर्वाचित गराएर पठाउनेमा आफू विश्वस्त रहेको भुषालले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











