अमात्य र भुषाल मत माग्न व्यस्त
ललितपुर, ६ मंसिर । आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले मतदातासँग भोट माग्न घरदैलो अभियान गरिरहेका छन् । गाउँघरमा चुनावी चहलपहल बढ्दै गएको छ ।
निर्वाचनमा भाग लिन मतदाता आतुर देखिन्छन् । उम्मेदवार आफ्नो पक्षमा मत माग्न कसरत गरिरहेका छन् । काँग्रेस उम्मेदवार मदनबहादुर अमात्य २०७० सालको सविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । उहाँ यसपाली लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।
“लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसको विजय आवश्यक छ,” उहाँले भन्नुभयो । वाम गठबन्धनले कुनै असर पार्न नसक्ने अमात्यको भनाइ छ । आफ्नो चार वर्षको कार्यकालमा विकास निर्माणका कामलाई तीव्रता दिएको उहाँको दाबी छ ।
वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुषाल २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा विजयी हुनुभएको थियो । आफ्नो विजय सुनिश्चित गराउन उहाँले घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । विसं २०६४ को निर्वाचनमा जस्तै जनताले यसपटक पनि आफूलाई निर्वाचित गराएर पठाउनेमा आफू विश्वस्त रहेको भुषालले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












