प्रकाश दाहालको निधनले आमनागरिकमा ल्याएको चेतना, कम उमेरमै मुटु चेकअप गराउनेको लर्को
काठमाडौं, ६ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको ‘सडन कार्डियल डेथ’ को कारण निधन भएपछि धेरै सर्वसाधारण त्रसित बनेका छन् । उनको आकस्मिक हृदयघातका कारण निधन भएपछि मुटु चेकअप गराउनेको संख्या ह्वातै बढेको डाक्टरहरुले जनाएका छन् ।
अघिल्लो दिनसम्म स्वस्थ रहेका प्रकाशको आकस्मिक हृदयघातका कारण निधन भएपछि मुटु चेकअप गराउनेको संख्या अत्यधिकले बढेको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर यादवदेव भट्टले जानकारी दिए । अस्पतालमा पहिलेको तुलनामा ६० प्रतिशत बढी मानिसहरु सचेत भएर मुटु चेकअप गराउन आउने गरेका छन् । भट्ट भन्छन्, ‘सचेत हुनु राम्रो कुरा हो। अहिले धेरै कम उमेरका मानिसहरु मुटु चेक गराउन आएका छन्। उनीहरुमा त्यस्तो लक्षण देखिँदैनन्। डरका कारण आउने र त्यस्तो लक्षण देखिएका कारण आउनेहरु धेरै छन्।’
नर्भिकमा जस्तै अन्य धेरै अस्पतालमा मुटु चेकअप गराउने बढेका छन्। अर्का मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मी कहाँ पनि पछिल्लो दुई दिनमा मुटु चेकअप गराउनेको संख्या ह्वात्तै बढेको छ । जचाउन आउनेमा झन्डै २५ प्रतिशत तन्नेरी छन्। अरू बेला चार–पाँच प्रतिशत मात्र यो उमेर समूहका हुन्थे। माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको ‘आकस्मिक हृदयाघात’ ले मृत्यु भएपछि उनकै उमेरका तन्नेरीमा स्वास्थ्यप्रति चासो र छट्पटी बढेको डा. रेग्मी लगायत चिकित्सकहरूको अनुभव छ।
मोटोपन भएका मानिसहरु, मद्यपान, धुम्रपान गर्ने, सुगर र कोलस्ट्रोलका बिरामी चेकअप गराउनु पर्ने मुटु चिकित्सकहरुको भनाई छ । डा। भट्ट भन्छन्, ‘कुनै रोग नभएका, कुनै लक्षण नदेखिएका मानिसहरु धेरै डराउनु हुन्न। किनकि, हर्टअट्याक हुने मानिसहरुले पहिले धेरै अगाडि लक्षण पाइसकेका हुन्छन्। त्यस्ता लक्षण पाइसकेपछि चाहिँ नियमित चेकअप गराउनु पर्छ।’
अर्का मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य यो घटनापछि ३० वर्ष नाघेका युवामा मुटु जचाउने क्रम बढेको बताउँछन्। ‘चासो बढेको छ, युवाहरू पहिलेभन्दा धेरै आएका छन्,’ उनले भने, ‘कतै आफूलाई पनि प्रकाश दाहालको जस्तै समस्या हुने हो कि भन्ने चिन्ताले जचाउन आइरहेका छन्।’
डा. अनिल भट्टराईको यस्तै अनुभव छ। ‘सामान्य मान्छे पनि जचाउन आइरहेका छन्,’ उनले भने, ‘पहिलेभन्दा दसदेखि बीस गुणा बढेको छ।’ यसअघि आउनेभन्दा नयाँ खालका व्यक्ति स्वास्थ्य परीक्षणमा आएको उनले बताए।
मनोविज्ञानको असरः
मनोविश्लेषक बासु आचार्य अस्पतालमा विरामी बढ्नु मानिसको मनोविज्ञानले काम गरेको बताउँछन् । आफन्त वा कोही चर्चित मानिस मरेपछि मानिसहरुको मनोविज्ञानमा असर पर्ने बताउँछन्। ‘त्यसरी दिनहुँ हजारौँ मर्छन्। तर, कोही आफन्त या चर्चित मानिस मर्छ मानिसलाई झस्का पर्छ’ आचार्यले भने, ‘यसरी आफ्नो स्वास्थ्यमा सचेत हुनु राम्रो कुरा हो। तर, सामान्य स्वस्थ मानिस डराउनु राम्रो हुन्न।’
कोलस्ट्रोल बढी भएका, सुगरका बिरामी, मोटा मानिस, धुम्रपान र मद्यपान गर्नेहरु अरुलाई त्यस्तो भएको देखेर अस्पताल जान्छन् भने पेनिक ुएन्जाइटी डिसअर्डरु हो। डराए पनि दिक्क मान्दै अस्पताल गएनन् र घरमै बसे भने ुहोमोप्याथिक एन्जाइटी डिसअर्डरु हो। दुबै एक प्रकारका मानसिक रोग हुन्। यस्ता केही लक्षणा नदेखिएका, धुम्रपान र मद्यपान नगर्ने स्वस्थ्व मानिसहरु डराउनु भनेको चाही खतरा हो।’ उनले भने, ‘लक्षण नदेखिकन स्वस्थ्व मानिस डराउनु एक किसिमको मानशिक रोग हो। यसरी स्वस्थ्व मानिस डरायो भने आफै रक्तचाप बढ्न थाल्छ र पछी सामान्य मानिसलाई नै हर्टयाटक हुने सम्भावना बढी हुन्छ।’
स्वस्थ मानिसलाई सडन कार्डियल डेथ हुने सम्भावना कम हुन्छ। सडन कार्डियल डेथ हुनुभन्दा धेरै पहिला मानिसहरुले धेरै संकेत पाइसकेका हुन्छन। डाक्टर भट्ट भन्छन्, ‘मुटुको पावर ३० प्रतिशत वा सोभन्दा कम हुने, पहिला हर्ट अट्याटक भइरहने, सुगरका रोगी, डायवेटिजका बिरामी र धुम्रपान गर्नेहरु सडन कार्डियल डेथका उच्च जोखिममा हुन्छन्।’ मुटको चाल बिग्रिएमा मानिसको ९० प्रतिशत बढी मर्ने सम्भावना हुन्छ। मुटुको चाल बिग्रिएको एक घण्टाभित्र इलेक्ट्रिक सक लगाउन सक्यो भने ५० प्रतिशतभन्दा बढी बाँच्ने सम्भावना हुन्छ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












