निर्वाचनको तीन अघि राजपाको चुनावी घोषणापत्र सार्वजनिक, कस्तो छ घोषणापत्र ?
काठमाडौं, ७ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन तीन दिन मात्रै बाँकी रहेका बेला राजपाले घोषणापत्र सार्वजनिक गरेको हो ।
महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने नारासहित १५ बुँदे प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिएको छ । राजपाले नेपाललाई ‘बहुराष्ट्रिय’ देशका रुपमा ब्याख्या गरेका छ ।
मधेस, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका हरेक जीवित र मृत व्यक्तिको सपना साकार पार्न, नेपालबाट सबैखाले विभेदको कानुनी अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सिमांकन सच्याउने, र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्न र देशमा जारी दशकौं लामो राजनीतिक अस्थिरता र अनिश्चिततालाई सधैँका लागि अन्त्य गर्दै देशलाई शान्ति, समृद्धि र सफलताको पथमा डोर्याउने समावेशी र सक्षम राज्य व्यवस्थाको जग बसाल्न राजपा नेपालको चुनाव चिन्ह छातामा मत हाल्न आह्वान गरेको छ ।
के छ त राजपाको घोषणापत्रमा ?
१. राजपाले आफ्नो घोषणापत्रमा अति आवश्यक विषयहरुलाई सर्वाधिक महत्वको सूचिमा राखेको छ । पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फी विकास द्रुत गतिमा हुनुपर्ने भन्दै राजपाले राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण रुपमा वेवास्ता गरेको मधेस र थरुहट क्षेत्रको विकासलाई अबको सर्वा्धिक प्राथमिकताको विषय बनाउने जनाएको छ ।
२.बाढी पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक संजाल र रेल सेवाको विस्तार, काठमाडौं–निजगढ द्रुतमार्ग र निजगढ दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर–अन्तर्राष्ट्रिय पर्यटन स्थल एवंं विश्व हिन्दु केन्द्र, विरगन्ज–नेपालको आर्थिक कारोवार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरुदण्ड, लुम्विनी–अन्तर्राष्ट्रिय बुद्धिष्ट केन्द्र सूचिना प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिबमैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन, शहिद स्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र, विकास क्षेत्र भन्ने प्रतिबद्धता जनाएको छ ।
३.राजपाले हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण, वर्षा यामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एवं व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने र तराई मधेसको नागरिकलाई प्रकोपबाट सधैँका लागि मुक्त गर्न सशक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
४.यस्तैगरी सहज आवागमन र सर सामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामांकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको प्रतिबद्धता छ ।
५.जनकपुर अन्तर्राष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दू केन्द्रलाई प्राथमिकता दिँदै जनकपुरको बृहत र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरुको सहयोगमा आधुनिक गुरुयोजना तयार गरी जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने, जनकपुर विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तराष्ट्रिय आधुनिक विमानस्थलको रुपमा स्तरोन्नती गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ ।
६.वीरगन्जलाई आधुनिक शहरको रुपमा विकास गर्दै यसलाई बैंकिङ्ग, बिमा, शेयर कारोबार र अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने, नयाँ उद्योगहरु खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाइने, विरगन्जलाई विश्वका अन्य व्यापारीक र आर्थिक कारोबार हुने शहरहरुसँग सरकारी स्तरमै जोडिने घोषणापत्रमा समावेश गरिएको छ ।
७. विराटनगर, भैरहवा र नेपालवगन्ज नेपालको आर्थिक विकासको मेरुदण्डका रहेको भन्दै राजपा नेपालले निर्वाध विद्युत आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नती, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्ति लगातका दिशामा ठोस कार्य गर्दै उद्योगहरुको सम्बन्धन र थप विस्तारको कार्यक्रमहरु बनाउने जनाएको छ । राजविराज, सिराहा, जलेश्वर, मलङ्गवा, गौर, कलैया, नवलपरासी, तौलिहवा, नेपालगन्ज, तुलसीपुर, गुलरिया र महेन्द्रनगरमा एकिकृत सहरी विकास कार्यक्रम लागु गरी आधुनिक सहरको निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
८. लुम्विनी विकास गुरुयोजनालाई तत्काल थप प्रभावकारी बनाउने, ढिलो भएमा योजना र निर्माण कार्यहरुलाई यथाशिघ्र सम्पन्न गर्ने, सुरु नभएका कार्यक्रमहरुलाई अविलम्ब प्रारम्भ गर्ने, राजनीतिक हस्पताक्षेपलाई निरुत्साहित गर्ने, सुस्त गतिमा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने राजपाको प्रतिबद्धता छ ।
९. राजपाले सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरुमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनीक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवंम् व्यवासायीक शिक्षा केन्द्रहरुमा निशुल्क इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ ।
१०. उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटीसहित ऋण उपलब्ध गराउने, बैंक र वित्तिय संस्थाहरुलाई कुल ऋण प्रवाहको कम्तिमा १ प्रतिशत युवाहरुको नयाँ कारोबारमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गर्ने, त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने रंगशालाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
११. ‘महिलाको लागि हरेक उच्च शिक्षा निशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैयाँ अनुदान दिर्घकालिन मुद्धती खाता खोली बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहितको एकमुस्ठ रकम प्रयोग गर्न सक्नेछन्’ घोषणापत्रमा भनिएको छ । कम्तीमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो वरावरको रकम प्रदान गर्ने समेत राजपाले प्रतिबद्धता जनाएको छ ।
१२. किसानमैत्री कार्यक्रमलाई जोड दिँदै राजपाले कृषि क्षेत्रको आधुनिकिकरण, नयाँ प्रविधिको प्रयोग, पैदावारको औद्योगिकीकरण, मल खाद्यको सस्तो र सहज उपलब्धता, उत्पादन वृद्धि र विविधिकरण, सरलीकृत कृषि ऋण तथा नयाँ बजार विस्तार आदि उपायहरु अबलम्बन गर्दै किसानको जीवन सुखद बनाउनुको साथै देश विकासमा कृषि क्षेत्रको योगदानलाई बृद्धि गर्ने उल्लेख गरेको छ ।
१३. नेपालको कुल जनसंख्याको लगभग एक चौथाई गरिवीको रेखामुनि रहेका अति विपन्न नेपालीको जीवनलाई थप कस्टकर हुनबाट बचाउन त्यस्ता हरेक नेपालीको पहिचान गरी तिनलाई सहुलियत मूल्यमा चामल र अन्य दैनिक सामग्री सहज उपलब्ध गराउने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।
१४. वैदेशिक लगानी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन दिन विधिको शासन, नीतिगत स्थिरता, प्रभावकारी अनुगमन, वैदेशिक लगानीको वातावरण निर्माण, राजनीतिक हस्तक्षेपबाट मुक्ति र यथेष्ट प्रोत्साहन प्रदान गर्दै निजी क्षेत्रको विकास, विस्तार र राष्ट्र निर्माणमा योगदान गर्ने सहज स्थितीको सिर्जना गर्ने प्रतिबद्धता पनि राजपाले जनाएको छ ।
१५. मधेस आन्दोलन, थरुहट आन्दोलन र अन्य आन्दोलनहरुमा आफ्नो ज्यानको आहूति दिने अमर शहीदहरुलाई श्रदाञ्जली अर्पण गर्न, तिनको त्यागलाई प्रेरणाको श्रोतको रुपमा रुपान्तरण गर्न र तिनको योगदानलाई चिर स्मरणीय बनाउन शहादत दिएका हरेक ठाउँमा शहीद स्तम्भ र शहादत भएका हरेक जिल्लामा शहीद स्मारकको निर्माण गर्ने, शहीदको लागि गरिएको हरेक प्रतिबद्धता पुरा गर्ने, शहीद परिवारको उचित हेरचाह, घाईते र अंगभंग भएकाहरुको उपचार र रोजगारीको व्यवस्था गर्ने राजपा नेपालको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












