मधेश आन्दोलनका मृतक परिवारलाई ५० लाख दिने : महतो
गौशाला, ७ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेश सरकारले रु ५० लाख दिने घोषणा गर्नुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज ‘राजपा नेपाल आम निर्वाचन, २०७४ घोषणापत्र सार्वजनिकीकरण कार्यक्रम’ मा सदस्य महतोले राजपा नेपालले आन्दोलन चलिरहेकै बेला घोषणा गरेको मधेश आन्दोलनका शहीद परिवारलाई रु ५० लाख दिने कुरा फेरि दोहो¥याउनुभएको हो ।
नेता महतोले मधेश आन्दोलनमा सहादतप्राप्त गर्नुभएकाहरुका प्रत्येक परिवारलाई रु ५०/५० लाख क्षतिपूर्ति दिनाका साथै परिवारका आश्रित बालबालिकालाई निःशुल्क उच्च शिक्षा र प्रत्येक परिवारबाट एक÷एकजनालाई मधेश सरकारले रोजगारी दिने प्रतिबद्धता पुनः प्रकट गर्नुभएको हो । धनुषा जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारसमेत रहनुभएका नेता महतोले मधेशमा मधेश सरकार बनाउन र मधेशी शहीदको सपना साकार गर्न आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राजपा नेपाललाई बहुमतका साथ जिताउन सबैसँग अपिल गर्नुभयो ।
विभेद अन्त्य र संविधान संशोधनका लागि राजपालाई भोट
कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले विभेद अन्त्य र संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई भोट हाल्न सबै मतदातालाई आग्रह गर्नुभयो । आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारसमेत रहनुभएको संयोजक ठाकुरले मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएको तथा अन्य पीडित वर्गको समुदायलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अपरिहार्य रहेको र संविधान संशोधन भएपछि विभेदको अन्त्य हुने भएकाले राजपालाई संविधान संशोधन गर्न योग्य बनाउन आसन्न निर्वाचनमा बहुमतका साथ जिताउन आग्रह गर्नुभयो । नेता ठाकुरले देशमा विभेदको अन्त्य र संविधान संशोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो ।
राजपाले सार्वजनिक गरेको घोषणापत्रमा बाढी पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक सञ्जाल र रेल सेवाको विस्तार, काठमाडौँ निजगढ दु्रतमार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर अन्तर्राष्ट्रिय पर्यटनस्थल एवं विश्व हिन्दू केन्द्र, वीरगञ्ज नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगञ्ज नेपालको आर्थिक विकासको मेरुदण्ड, लुम्बिनी अन्तर्राष्ट्रिय बुद्धिष्ट केन्द्र, सूचना प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिबमैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रलाई प्रोत्साहन, शहीद स्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र विशेष क्षेत्रलगायतका १५ बुँदा उल्लेख गरिएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












