आचारसंहिता उल्लंघन गरेको भन्दै देवयानीमाथि पानीको जार प्रहार, स्कर्टिङ गरेर काठमाडौं पठाईयो
सिन्धुपाल्चोक, ८ मंसिर । मौन अवधिमा चुनावीसभा गरेको भन्दै देवायनी राणाको कार्यक्रममा अवरोध गरिएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीले सिन्धुपाल्चोकमा चुनावी कार्यक्रम गरेपछि वामपन्थी गठबन्धनका कार्यकर्ताले अवरोध गरेका हुन् ।
बुबालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले स्कर्टिङ गरेर काठमाडौं पठाएका छन् । शुक्रबार विहान चौतारा नगरपालिकाको कल्लेरीस्थित कांग्रेस नेता यज्ञप्रसाद दंगालको घरमा स्थानीय भेला गरेर कोणसभा गरिरहेका बेला वामपन्थी कार्यकर्ताले आपत्ति जनाएका थिए ।
सो क्रममा विवाद हुँदा एकजनाले पानीको जार उठाएर देवयानीमाथि प्रहार गरेका थिए । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले र माओवादीका कार्यकर्ताले बिरोध जनाएका हुन् । पानीको जारले देवयानीलाई लाग्न पाएन । उनलाई तत्कालै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले सो ठाउँबाट भगाएको बताइएको छ ।
देवयानीलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरि सैनिक क्याम्पमा राखेको थियो । त्यहाँ पनि वामपन्थी कार्यकर्ताले नाराबाजी गरेपछि उनलाई सुरक्षासहित काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच, सिन्धुपाल्चोकको आकाशमा सेनाले हेलिकोप्टरबाट समेत गस्ती गरिरहेको छ । अति संवेदनशील जिल्ला मानिएको सिन्धुपाल्चोकमा चुनाव शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीका एसएसपी सहित १३ जना डिएसपीको टोली कमाण्डोसहित परिचालन भएको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












