काँग्रेस प्रचारप्रसार कार्यालयलाई लक्षित गरीे विस्फोटक पदार्थ
नवलपरासी, ८ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र न १ को दुम्कौलीस्थित महामन्त्री डा. कोइरालाको प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई झ्यालटङडाडांस्थित नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । महामन्त्री डा. कोइरालाका सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।
दुम्कौली सिजी शास्वत धामस्थित नेपाली काँग्रेसको प्रचारप्रसार कार्यालय नजिक आज प्रेसर कुुकरमा बम जस्तो देखिने शंखास्पद बस्तु फेला परेको थियो । बम भएको हुनसक्ने अनुमान गरिएको भए पनि सो बम नभइ विस्फोटक पदार्थ मात्र भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिनुभयो । सो विस्फोटक पदार्थ कस्ले र किन राखेको हो यसबारे अहिले केही खुल्न सकेको छैन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











