नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो

खोटाङ, ८ मंसिर । जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोसी नदीमा निर्माण गरिएको मोटरेवल पक्की पुल सञ्चालनमा आएको छ ।खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटमा निर्माण गरिएको सो पुल आज बिहानबाट सञ्चालनमा ल्याइएको हो । सम्झौता अबधि सकिएको पाँच वर्षपछि मात्र निर्माण कार्य सकिएको जयराम पुलमा बिहीबार एकै चोटी तीनवटा ठूला ट्रकमा १५० टनको लोड राखेर गरिएको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको ठेकेदार कम्पनीले जनाएको छ ।
यातायात सेवा सञ्चालन भएको दश वर्षपछि प्रमुख नाका दूधकोसीस्थित जयरामघाटको पक्की पुल सञ्चालनले खोटांगे जनतामा ठूलो आशा जगाएको छ । करिब दश करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको पक्की पुल बिहान ९ बजेबाट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।
“खोटाङ्गे जनताको लामो पर्खाइपछि पुल सञ्चालनमा आएको छ ।” उहाँले भन्नुभयो, “अहिले निर्वाचन आचारसंहिता लागू भएको छ । औपचारिक उद्घाटन गर्दा आचारसंहिताले नदिने भएकाले उद्घाटन नगरी सञ्चालन गरिएको हो । ”जयरामघाटको पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा समृद्धिको बाटो खुला भएको पूर्व सांसद तथा नेकपा एमालेका नेता पाँचकर्ण राई पिके ले बताउनुभयो । “पुल अभावमा लामो समयदेखि जिल्लाको हरेक विकास निर्माणमा बाधा पुगेको थियो,” उहाँले भन्नुभयो, “ठूलो कसरतपछि पुल सञ्चालनमा ल्याउन सफल भएका छौं, अव तीे सबै समस्या समाधान भएर जिल्ला समृद्धिको बाटोतर्फ अगाडि बढेको छ ।”
दूधकोसीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको हुलास इञ्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले लिएको थियो । २०६८ साल असारसम्ममा सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष सम्झौता गरेको थियो ।करिब १५० मिटर लामो मोटरेवल पक्की पुल नेपालकै नमूना भएको र निर्माणमा पनि ढिला भएको आयोजना प्रमुख इञ्जिनियर उद्धव रानामगरले बताउनुभयो । “पुलका लागि आवश्यक सामग्री र प्राविधिक बाहिरबाट ल्याउनुप¥यो” उहाँले भन्नुभयो, “सबै कुरामा बाहिरी देश चिनकै सहयोग लिनुपरेकाले पुल निर्माणमा ढिलाइ भएको हो ।”
जयराम पुल सञ्चालनमा आएसँगै खोटाङ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटमा पुल सञ्चालन भएपछि राजधानी काठमाडौंँलगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात सञ्चालनमा सहज भएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।२०६४ मा हेलिकोप्टरमार्फत बोकेर ल्याइएको बेलिब्रिज जडान गरेर यातायात सञ्चालनमा ल्याएको थियो । यसरी पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको थियो । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको थियो । रासस
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











