पूर्वराजा ज्ञानेन्द्र परिवारसहित तीन दिनदेखि धुलिखेल रिसोर्टमा, कारण कसैलाई थाहा छैन्
काठमाडौं, ८ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार यतिबेला धुलिखेलको रिसोर्टमा बसिरहेका छन् । गत बुधवारदेखि धुलिखेलको द्वारिकाज रिसोर्ट बसिरहेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह र हिमानीका छोराछोरी रिसोर्टमा रहे पनि पूर्वयुवराज पारस शाह भने छैनन्।
बुधबार धुलिखेल पुगेका शाह आइतबार फर्कने कार्यक्रम रहेको पूर्वराजाका सहयोगी फणिराज पाठकले जानकारी दिए । यसरी शाह परिवार धुलिखेल पुग्नुको उद्देश्य भने आफूलाई थाहा नभएको पाठकको भनाई छ ।
पूर्वराजा धुलिखेलमा आएर बसेको कुनै औपचारिक जानकारी नभएको प्रहरीले जनाएको छ । पूर्व राजा राज्यले प्रदान गरेको सुरक्षाकर्मीसहित धुलिखेल पुगेका हुन्। पूर्वराजालाई यसबाहेक अन्य सुरक्षा व्यवस्था नमिलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी सहकुल थापाले जानकारी दिए । उनले भने, ‘औपचारिक जानकारी भएन, त्यसैले थप सुरक्षा प्रदान गरिएको छैन, ।’
देशभर चुनावी माहौल रहेको र केही स्थानमा विस्फोटनका घटनासमेत भइरहेकाले पूर्वराज परिवारको सुरक्षामा केही ‘सिभिल वाच’ भने गरिरहेको एसपी थापाले बताए । भाइटीकाको दिन आफू राष्ट्रको नेतृत्व लिन तयार रहेको प्रतिक्रिया दिएका थिए ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












