धनगढी पुगेर आरजुमाथि ओलीको प्रश्न, ‘घर किन्दैमा स्थानीय भइन्छ ?’
कैलाली ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीमाथि झटारो हानेका छन् । शुक्रबार धनगढीमा आयोजित चुनावी सभामा ओलीले देउवा पत्नी आरजु राणा देउवामाथि व्यंग प्रहार गरेका हुन् ।
उनले एक झोला पैसा बोकेर घर किन्दैमा कोही पनि स्थानीय उम्मेदवार हुन नसक्ने बताएका छन् । कैलाली ५ का कांग्रेस उम्मेदवार आरजु राणाप्रति लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् । टुरिष्ट उम्मेदवारको आरोप लागेपछि आरजुले धनगढीमा घर किनेकी छन् ।
राणाका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानालाई भोट माग्दै एमाले अध्यक्ष ओलीले भने, ‘ काठमाडौंबाट केही केही मान्छे पैसाको थैला बोकेर म त यहीँको भएँ नि भन्दै घर घरेडी किन्दै आएका छन् । यहाँको हुन एक झोला पैसाले घर किन्दैमा हुन्छ ?’
‘मान्छे देखेको छैन, घर देखेको छ । अनि आफ्नो मान्छे भयो ? अघि थपे, ‘अलि अस्ति आएको भए पनि हुन्थ्यो नि !’ ‘धन्नै हो कांग्रेसको लोकतन्त्र’ भन्दै ओलीले भने, ‘माथितिर श्रीमान, तल श्रीमती, छोरा अलि सानो छ । नत्र भने छोरा पनि (उम्मेदवार) हुन्थे । हाम्रो काम अरुलाई बोक्ने मात्र । ‘
यहाँका थारुले जित्नु हुन्न ? काठमाडौंबाटै आउनुपर्छ भन्दै ओलीले १०४ वर्ष शासन गरेका राणाका छोराछोरीहरुको जिब्रोका स्वाद अझै नगएको टिप्पणी गरे ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












