एकातिर सासुको लाश अर्कोतिर ढुंगा, काँधमा बोकेर ४० किमी पैदल
एजेन्सी, ८ मंसिर । सामाजिक सञ्जालमा यतिबेला एउटा हृदयविदारक तस्बिरले चर्चा पाईरहेको छ । सामाजिक सञ्जालमा एक व्यक्तिले आफ्नो साशुको लाशलाई एउटा काठमा झुण्ड्याएर लगिरहेको तस्बिर भाईरल भईरहेको छ ।
बाटोमा सासुको मृत्यु भएपछि भारतको इलाहवादको सीमावर्ती रीवाँ जिल्लाका नचकु शवलाई घरसम्म लैजाने पैसा नहुँदा एउटा काठमा एकातिर सासुको लाश र सन्तुलन मिलाउनको लागि अर्कोतिर ढुंगा बाँधेर ४० किलोमिटर पैदल हिँडेर शवलाई घर ल्याएका छन् ।
नचकु इलाहाबादमा एक प्रधानकहाँ काम गर्छन्। उनकी पत्नी र सासु सँगै बस्थे। सासुको स्वास्थ्य बिग्रिइरहन्थ्यो। जाँचमा उनलाई क्यान्सर भएको पत्ता लाग्यो। सासु अब धेरै नबाँच्ने थाहा पाएपछि उनलाई गाउँ लैजानको लागि लिएर हिँडेका थिए । तर गाउँका लागि अटोरिक्सा लिएर हिँडेका नचकुकी सासुको अलिकति अगाडि पुग्नेबित्तिकै मृत्यु भयो। उनको मृत्यु भएको थाहा पाएपछि अटोरिक्सावालाले उनीहरुलाई त्यहीँ झारिदिए।
अटोरिक्सा वालाले झारिदिएपछि उनीहरुलाई गाउँ जान आपत पर्यो। घण्टौं बित्यो तर कुनै गाडी उनीहरुलाई लैजान तयार भएन। जुनसुकै गाडीले १/२ हजार पैसा माग्थे तर उनीहरुसँग पैसा थिएन । कतैबाट कुनै विकल्प नपाएपछि उनले एउटा लामो काठमा दुबै छेउमा तन्ना बाँधे। एउटामा सासुको लाश राखे र अर्कोतिर सन्तुलन बनाउनको लागि ढुंगा राखे । त्यसपछि पत्नीसँग गाउँ जानको लागि पैदल हिँडे।
करिब ८ घण्टा पैदल हिँडेपछि उनीहरु आफ्नो गाउँ गोंद कटरा नजिकैको बजार शिवराजपुर पुगे। त्यहाँ अन्य मानिसहरुले उनीहरुलाई चिनेका थिए। उनीहरुले सोधेपछि दुवै पतिपत्नीले पूरै कहानी बताए। त्यसपछि त्यहाँका स्थानीयले चन्दा जम्मा गरेर ५ हजार रुपैयाँ दिए।
त्यही क्रममा जिल्ला मजिष्ट्रेट अर्पित गुप्ता र अर्का अधिकृत अमित मिश्रा त्यही बाटो कतै जाँदै थिए । भीड देखेपछि उनीहरु त्यहाँ रोकिए। उनीहरुले तत्काल एम्बुलेन्स बोलाइदिएर पति पत्नीसहित शवलाई गाउँ पठाइदिए। बाँकी खर्चको लागि कार्यालयमा आएर निवेदन दिन भनेको मजिष्ट्रेट गुप्ताले बताएका छन्।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












