मोरङको कर्णाली भनिने क्षेत्र नम्बर १ मा काँग्रेस र वामको प्रतिस्पर्धा
विराटनगर, ८ मंसिर । मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनकका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । यातायात, खानेपानी, विद्युत् र नदी कटान र सुकुम्बासी यस क्षेत्रका मुख्य समस्या हुन् । प्राकृतिक सम्पदाले चाहिँ यो क्षेत्र मोरङको अन्य क्षेत्रभन्दा धनी रहेको छ । यस क्षेत्रको अधिकांश भाग वन जंगल, हरिया डाँडाले भरिएको छ । अहिले पनि यस क्षेत्रको कतिपय स्थानमा विद्युत् तथा बाटोघाटोको असुविधा रहेको छ ।
यस क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा घनश्याम खतिवडाले प्रतिस्पर्धा गरिरहनुभएको छ भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोरङ जिल्ला अध्यक्ष डिगबहादुर लिम्बूले उम्मेदवारी दिनुभएको छ । यस क्षेत्रका मतदाताको चाहना नै विद्युत्, नदी कटान नियन्त्रण, बाटोको निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्य रहेको छ । नेपाली काँग्रेसका लिम्बूले घरदैलो अभियानमा आगामी पाँच वर्षभित्र यस क्षेत्रको बेरोजगारी र नदी कटानको समस्या समाधान गरिदिने आश्वासन मतदातालाई दिनुभएको छ ।
यस्तै, वाम गठबन्धनका खतिवडाले कोणसभा र घरदैलो अभियान सञ्चालन गर्दै बक्राहा नदीको दोहन गर्ने कार्य रोक्ने, तमोर नदीको पानी सुरुङमार्फत बक्राहा नदीमा खसाई जलविद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउने, कृषकलाई आधुनिक कृषि गर्न प्रोत्साहन गर्ने, सुनसरीदेखि झापाको बाहुनडाँगीसम्म भित्री पक्की सडक निर्माण गर्ने वचनबद्धता प्रकट गरिरहनु भएको छ ।
दुवै दलका नेताले यस क्षेत्रमा रहेको सामुदायिक वनमा जडीबुडी खेतीमा प्रोत्साहन गर्ने, चिया, अलैँची खेतीका लागि सुविधा उपलब्ध गराउने, स्थानीय वनजंगलमा जंगली जनावरको संरक्षण गरी पर्यटक आकर्षण गर्ने, यस क्षेत्रमा रहेको जेफाले पर्यटकीयस्थलसम्म पुग्ने कालोपत्र सडक र विद्युत्को लाइनको निर्माण गर्ने वाचा गर्नुभएको छ । युवालाई रोजगारी, पक्की मोटरबाटो, विद्युत् तथा सिँचाइ सुविधा उपलब्ध गराउने वाचा मतदातासमक्ष गर्नुभएको छ । आगामी मंसिर २१ गते हुने निर्वाचनमा यस क्षेत्रबाट वाम तथा लोकतान्त्रिक गठबन्धनबाट को विजयी हुन्छ भन्ने अहिले नै आकलन गर्न सक्ने स्थिति छैन ।
मिक्लाजुङ गाविस–३ का रामप्रसाद अधिकारीले कालोपत्र सडक निर्माण वचनबद्धता व्यक्त गर्ने उम्मेदवारलाई आफूले मतदान गर्ने बताउनुभयो । यस्तै लेटाङ नगरपालिका–२ शेरबहादुर लिम्बूले हाम्रो होइन राम्रो उम्मेदवारले विकास निर्माणको कार्य गर्ने भएकाले त्यस्ता उम्मेदवारलाई मतदान गर्ने धारणा व्यक्त गर्नुभयो । यस क्षेत्रबाट नेपाली काँग्रेसले डिगबहादुर लिम्बू, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट फिवराज लिम्बू, नयाँ शक्ति पार्टी नेपालबाट हरिप्रसाद न्यौपाने, नेकपा एमालेबाट घनश्याम खतिवडा प्रतिनिसभामा उम्मेदवार रहेका छन् ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजुकुमार लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ र स्वतन्त्रबाट क्रमशः यामप्रसाद दाहाल र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरिरहनुभएको छ । यस्तै, प्रदेश सदस्यमा क्षेत्र नं १ बाट एक महिलासहित ११ जना र २ बाट एक महिलासहित १० उम्मेदवारले प्रधिस्पर्धा गरिरहनुभएको छ ।
यस निर्वाचन क्षेत्रमा उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी नगरपालिका रहेका छन् । यहाँ महिला मतदाता ५५ हजार ४९७ सहित कूल एक लाख सात हजार २३४ मतदाता रहेका छन् । रासस
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...












