म्याग्दीमा सुरक्षा सतर्कता उच्च
म्याग्दी, ९ मंसिर । भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएको छ । लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच गएराति जिल्लाका विभिन्न ठाउँमा झडप भएपछि सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रसम्म रातको समयमा हुने गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने रणनीतिलाई कार्यान्वयन गरिएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । गएराति घतान, अर्जम, चुत्रेनी, मुदी, पात्लेखेतलगायतका ठाउँमा दुई गठबन्धनका युवाबीच झडप भएको थियो ।
दल र उम्मेदवारको प्रचारप्रसारका क्रममा उम्मेदवार केन्द्रित सुरक्षा रणनीति अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदानस्थलमा पुगेका अधिकृतसहितको कर्मचारीको सुरक्षा, सम्भावित झडपका घटनालाई न्यनूीकरणका लागि फरक रणनीति अपनाएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । बिहीबार रातिदेखि शुरू भएको मौन अवधिमा प्रतिस्पर्धी दलहरुले मतदातालाई प्रभावित पार्न खोज्दा झडपका घटना, आपराधिक मानसिकता भएकाहरुको चलखेल, निर्वाचनको विरोधीहरुको गतिविधिसमेत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षा योजना बनाइएको सुरक्षा निकायले जानकारी दिएको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सदरमुकाम बेनीदेखि विकट बस्तीका मतदान केन्द्रमा समेत आवश्यकताअनुसारको सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राति ८ बजेपछि आवतजावतमा निगरानी र १० बजेपछि नियन्त्रणमा लिई अर्को दिन छोड्नेसहितको योजना बनेको छ । जिल्लालाई जोड्ने नाकामा कडाइ, जमिनदेखि जंगलसम्म सुरक्षाकर्मीको परिचालन गरिएको बताउँदै राजनीतिक दललगायतका सरोकारवाला निकायबाट समेत सहयोगको अपेक्षा गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने आवश्यक सबै शक्ति प्रयोग गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा सामाजिक सञ्जाल, गलत मोटिभेसन, मदिरा, पैसा, मोटरसाइकल र शक्ति प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई आधार बनाई रणनीति बनाइएको सुरक्षा निकायको भनाइ छ । निर्वाचनको प्रचारप्रसारका क्रममा बेनी नगरपालिका–१ रत्नेचौर र बेनपा–३ भकिम्लीको तोराखेतमा बम विस्फोट भएपछि सुरक्षा योजनामा समेत परिवर्तन गरिएको छ । रासस
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...












