नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत दिइने – अध्यक्ष ओली
काठमाडौँ, ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताउनुभएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज बागबजारमा आयोजित वामगठबन्धनको संयुक्त चुनावी अभियानमा अध्यक्ष ओलीले अव नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत, सुविधा उपलब्ध गराउने बताउनुभयो ।
उद्योग धन्दा धरासायी भएकाले बेरोजगारी समस्या भएको र युवा जनशक्ति विदेशिन बाध्य रहेको अवस्थामा देशमा विभिन्न उद्योग स्थापना गरी रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले लोकतन्त्रका माध्यमबाट सबै नेपालीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले वाम गठबन्धन कसैका विरुद्ध नभएर सरकारको स्थायित्व र मुलुकको आर्थिक समृद्धिका लागि भएको बताउँदै सो गठबन्धनसँग देश विकासका लागि विभिन्न स्वरुपअनुसार कार्यक्रम रहेको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












