३२ जिल्लाका ७०२ उम्मेदवारको भाग्य ३१ लाख ९१ हजार ९४५ मतदाताको हातमा
काठमाडौं, १० मंसिर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज मतदान जारी छ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। संविधान जारीपछि पहिलो पटक संघीय संरचनामा संसदीय निर्वाचन भईरहेको हो ।
यसअघि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचन भएको थियो। तत्कालीन प्रधानमन्त्री देउवाले विघटन गर्न सिफारिस गरी विघटित संसद् २०६२/०६३ को जनआन्दोलनपछि पुनस्र्थापना भएको थियो। संयोग अहिले चुनाव गराउने मन्त्रिपरिषदको नेतृत्व पनि देउवाले नै गरेका छन्। संसद् पुनस्र्थापना र तत्कालीन विद्रोही माओवादीसँग भएको विस्तृत शान्ति सम्झौता अनुसार दुई पटक संविधानसभा निर्वाचन भएको थियो।
संघीय संरचनामा हुने निर्वाचनले ११ वर्षदेखि जारी राजनीतिक संक्रमणको अन्त्य गरी संविधान कार्यान्वयनलाई थप समृद्ध बनाउने विश्वास लिइएको छ। दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुनेछ।
संविधानले तोकेका तीन संरचनामध्ये स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको छ। संविधानले कोरेको माघ ७ को संक्रमणकालीन मार्गचित्र अनुसार स्थानीय तहले संघीयता कार्यान्वयनका लागि कोरेको गोरेटोलाई थप मजबुत बनाउन प्रदेश र प्रतिनिधिसभा निर्वाचन भईरहेको हो । उम्मेदवार लक्षित आक्रमण र केही आशंकाबीच आज मतदान सुरु भएको हो ।
३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आज मतदान भईरहेको हो । कुल १११ सिटका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारको परीक्षणका लागि ३१ लाख ९१ हजार ९४५ मतदाता पहिलो चरणको निर्वाचनमा मतदान गरिरहेका छन् ।
प्रतिनिधिसभाको ३७ सिटका लागि २८२ र प्रदेशसभाको ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। पहिलो चरणको निर्वाचनका लागि २ हजार ९१९ निर्वाचन स्थल र ४ हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन्।
निर्वाचनमा करिब ५० हजार कर्मचारी निर्वाचन क्षेत्र र निर्वाचन अधिकृतको कार्यालयमा खटिएका छन्। मतदान स्थल र केन्द्रमा ६ देखि ९ जना सम्म कर्मचारी खटिएका छन्। प्रत्येक निर्वाचन अधिकृतहरुको कार्यालयमा १० देखि १८ जना कर्मचारी रहेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











