बिना विभागीय मन्त्री शर्माले गरे पहिलो पटक गरे आफ्नै लागि मतदान
रुकुम पश्चिम, १० मंसिर । बिना विभागिय मन्त्री जनार्दन शर्माले आफ्नै लागि पहिलो मतदान गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार शर्माले मुसीकोट नगरपालिका–५, को यमुनानन्द नमूना माविमा रहेको मतदान स्थलको क मतदान केन्द्रमा मतदान गरेका हुन् ।
मतदानको समय सुरु भए लगत्तै जनार्दन शर्माबाट मतदान सुरु भएको मतदान अधिकृत पूर्णबहादुर अछामीले जानकारी दिए । शर्मा यो सहित चार वटा निर्वाचन लड्दै छन् । यस अघि तीन वटा निर्वाचन लडिसकेका शर्माले आफ्नो लागि भने पहिलो पटक मतदान गरे ।
२०४८ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०६४ सालको पहिलो संविधान सभा सदस्यको निर्वाचन र २०७० सालमा भएको संविधान सभा सदस्यको दोश्रो निर्वाचनमा पनि शर्मा उम्मेदवार थिए । यस अघिका ३ वटै निर्वाचनमा उनले आफूले आफैलाई मतदान गर्न पाएका थिएनन् ।
यस अघिका निर्वाचनमा निर्वाचन क्षेत्र फरक परेका कारण उनले आफूलाई मतदान गर्न नपाएका हुन् । यस अघिका तीन वटै निर्वाचनमा उनी २ नम्वर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए भने उनको नामावली र मतदान केन्द्र भने १ नम्वर निर्वाचन क्षेत्रमा थियो ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












