पतिशोकमा रहेकी बीना मगर पुनः चुनाव प्रचारमा सक्रिय
कञ्चनपुर, १० मंसिर । चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पति प्रकाश दाहालको यही मंसिर ३ गते असामयिक निधनपछि शोकमा पर्नुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगर काठमाडौँबाट यहाँ आई पुनः प्रचारमा खट्नुभएको छ ।
निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कञ्चनपुर फर्किएर पुनः चुनावी प्रचारप्रसारमा सहभागी हुनुभएको छ । पतिशोकमा रहनुभएका मगरले आफ्नो निर्वाचन क्षेत्र पुगेर प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको महासङ्ग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा आफ्ना लागि ठूलो चोट भए पनि व्यक्तिगत पीडाभन्दा राष्ट्रलाई समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस गरिएको जनाउनुभएको छ । आफ्नो अनुपस्थितिमा पनि समृद्धिको सपना पूरा गर्न निर्वाचनको प्रचारप्रसारलाई गति दिन अहोरात्र खटिएका सम्पूर्ण साथीभाइ, सञ्चारकर्र्मी र बुबाआमा, दाजुभाइ, दिदीबहिनीमा उहाँले कृतज्ञता प्रकट गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, “मैले आफ्नो राजनीतिक यात्राका क्रममा सुख र दुःखमा सधैँ तपार्इंहरूको माया, साथ र स्नेह पाउँदै आएकी छु । त्यसैले राजनीतिक र व्यक्तिगत जीवनको उतारचढावमा मैले भोगेका हारजीतले यस क्षेत्रका जनताप्रति मेरो जिम्मेवारीबोधलाई कहिल्यै असर गरेन । यस क्षेत्रलाई समृद्ध रुपमा विकास गर्ने मेरो सपना हो । त्यसैले यतिखेर परिवारमा परेको पीडा झेल्दै कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रका जनताको सेवा गर्ने अठोटका साथ पुनः तपाईंहरूमाझ फर्किएकी छु ।” रासस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












