वाम गठबन्धनका उम्मेदवार शालिकराम जमरकट्टेलको यस्तो गोप्य मतदान !
धादिङ, १० मंसिर । माओवादी नेता तथा धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार शालिकराम जमकट्टेलले गोप्य मतदानको खिल्लि उडाएका छन् । वाम गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार रहेका जमकट्टेलले निर्वाचन आयोगलाई चुनौति दिँदै आफूले गरेको ‘गोप्य’ मतदान सबैका सामू सार्वजनिक गरेका हुन् ।
कुनै पनि मतदाताले आफूले कुन उम्मेदवार तथा दलको चुनाव चिह्नमा मतदान गरेको भनेर सार्वजनिक गर्न पाइँदैन । यस्तो मतदानलाई ‘गोप्य’ भन्ने गरिन्छ । कुनै मतदाताले आफूले गरेको मतदानको फोटो खिचेर ल्याउन नपाउन भनेर मतदान केन्द्रमा मतदातालाई क्यामेरा तथा मोबाइल लैजान पनि निषेध गरिएको हुन्छ । तर, माओवादी नेता जमकट्टेलले भने आफूले गरेको मतदान पत्रकार र त्यहाँ उपस्थिति सबैलाई देखाउँदै फोटो समेत खिचाएका छन् ।
उक्त तस्बिरमा उनले मतपत्रमा कुन दलको चुनाव चिह्नमा मत हालेका छन् भनेर प्रस्ट देख्न सकिन्छ । नेता जमकट्टेलले धादिङको गजुरी गाउँपालिका–७ तिरानचोक कटुन्जे मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












