महानगरस्तरीय विकास प्रमुख चुनावी मुद्दा
पोखरा, १० मंसिर । कास्कीका चार गाउँपालिकाका कुनै पनि वडाले नछोएको र महानगरका वडा मात्र रहेको कास्की क्षेत्र नं २ मा महानगरस्तरीय विकासको चुनावी मुद्दा बनाएर उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । महानगर घोषणा भएर पनि अधिकांश वडा विकासको पूर्वाधारबाट वञ्चित भएकाले यसलाई उम्मेदवारले मतादातामाझ चुनावी मुद्दा बनाएका हुन् ।
कास्की क्षेत्र नं १ मा तालको संरक्षण र विकास प्रमुख चुनावी मुद्दा बनेको छ भने क्षेत्र नं २ मा पदयात्रा पर्यटनको विकासलाई दलले चुनावी नारा बनाएका छन् । सो क्षेत्रमा पर्ने वडालाई महानगरस्तरीय विकास गर्छौं भन्दै उम्मेदवारले भोट माग्ने गरेको कास्की भरतपोखरीका सहदेव पौडेलले बताउनुभयो । “महानगर भएर पनि त्यहीरुपमा यहाँका वडा विकसित बन्न सकेका छैनन्”– उहाँले भन्नुभयो, “भरतपोखरी, निर्मलपोखरीलगायत ठाउँ नगरपालिका हुँदै महानगरमा समेटिए पनि विकास हुन् सकेको छैन् ।”
तीन निर्वाचन क्षेत्र भएको कास्कीमा कूल दुई लाख ५५ हजार ४५२ मतदातामध्ये क्षेत्र नं २ मा ७० हजार ६५१ मतदाता रहेका छन् । कास्कीे क्षेत्र नं २ को प्रदेश ९क०मा पोखरालेखनाथ महानगरपालिकाका वडा नं ७, १५, १७, २१ र ३३ पर्दछन् भने प्रदेश ९ख० मा ४, ८, ९, ११, १६ र २० नं वडा पर्दछन् । नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै प्रमुख प्रतिष्पर्धा हुने अनुमान गरिएको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका देवराज चालिसे र वाम गठबन्धनका रवीन्द्र अधिकारी उम्मेदवार हुनुहुन्छ ।
विद्यार्थी राजनीतिदेखि नै आफूलाई क्रियाशील बनाएका दुई युवा नेताको चुनावी प्रतिष्पर्धालाई निकै महत्वका साथ हेरिएको छ । महानगरलाई प्रविधिमैत्री शहरका रुपमा विकास गर्नु आवश्यक रहेको वाम गठबन्धनका उम्मेदवार अधिकारी बताउनुहुन्छ । महेन्द्र गुफा, गुप्तेश्वर गुफाका साथै अन्य पर्यटकीयस्थलको व्यवस्थित विकास आवश्यक रहेको उहाँले बताउनुभयो ।
यस निर्वाचन क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गुफाका साथै हिमाली शृङ्खलासहित पोखरा तथा लेखनाथका दृश्य एकसाथ हेर्न सकिने हुडिकोट, बरपाण्डेथुम, फोक्सिङकोटजस्ता स्थल रहेका छन् । काहुँ टावर, भलामकोट, अर्मलाकोट पनि यहाँका महत्वपूर्ण पर्यटकीय स्थल हुन् । धार्मिक एवं ऐतिहासिकरुपमा महत्व राख्ने भरतपोखरीको बरस्थित मल्लकालीन कोटभैरव मन्दिर, पोखरा– १७ स्थित राममन्दिर, गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव पनि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थल हुन् ।
पर्यटकीय गन्तव्यसहित महानगरका वडाले समेटिएको यस क्षेत्रलाई व्यवस्थित विकास गर्दै सुन्दर शहरका रुपमा अघि बढाउनु पहिलो आवश्यकता भएको काँग्रेसका उम्मेदवार चालिसे बताउनुहुन्छ । “यस क्षेत्रमा रहेका महानगरका वडालाई व्यवस्थित गर्नु पहिलो आवश्यकता हो”– उहाँले भन्नुभयो, “दीर्घकालीन सोचका साथ बाटोघाटो निर्माण, खानेपानीका साथै व्यवस्थित पार्क यहाँका अपरिहार्य आवश्यकता हुन् ।”
समृद्ध नगरका रुपमा विकास गर्न बृहत्तर गुरुयोजनाका साथ अघि बढ्नु आवश्यक भएको चालिसे बताउनुहुन्छ । व्यावसायिक कृषिको पर्याप्त सम्भावना रहेका सुरौदी फाँटका साथै तरकारी तथा दूधको उत्पादनले व्यावसायिकतातर्फ प्रवेश गरेका अर्मला, बाटुले चौर, मौजा, भलाम बाघमाराजस्ता स्थानमा व्यावसायिक कृषिको विकास गर्नसकिने देखिन्छ ।
सुरौदी फाँट, पुडिटार, बाघमारा लगायतका क्षेत्रमा व्यावसायिक कृषिको प्रचुर सम्भावना रहेको नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ को प्रदेश ९क० का उम्मेदवार हेमबहादुर थापा ९किरण०ले बताउनुभयो । “सुरौदी जलाधारको बृहत्तर गुरुयोजनाका साथ उपयोग गर्ने हो भने समग्र पोखरालाई नै आवश्यकपर्ने खाद्यान्न यहीबाट उत्पादन गर्न सक्ने देखिन्छ”– उहाँले भन्नुभयो, “कृषिको व्यावसायिक विकासका साथै महानगरस्तरीय भौतिक पूर्वाधारका विषय मतदाताले घरदैलोका क्रममा उठाएका छन् ।”
उम्मेदवारी दर्ता भएसँगै विकास निर्माणका मुद्दा लिएर उम्मेदवार गाउँ बस्तीमा आउनेक्रम निरन्तर चलिरहेको पोखरा १७ का मतदाता रमेश सुवेदीले बताउनुभयो । ग्रामीण भू–भागमा रहेका महानगरका वडाको तत्काल विकास आवश्यक रहेको बताउँदै उहाँले शहरी क्षेत्रमा पनि अव्यस्थित सडक, ढल तथा अन्य आवश्यक पूर्वाधारको अभाव आदि प्रमुख समस्याका रुपमा देखिएको उल्लेख गर्नुभयो । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











