छोराले धार्मिक गुरु बन्ने निर्णय गरेपछि अन्डरवर्ल्ड डन दाउद इब्राहिम डिप्रेसनमा
एजेन्सी, १० मंसिर । अन्डरवर्ल्ड डिप्रेसनको सिकार भएका छन् । मुम्बई बमकाण्डका मुख्य आरोपित रहेका दाउद आफ्नै छोराका कारण डिप्रेसनको सिकार भएका हुन् ।
एकमात्र छोरा मोइनले पिताको कारोबारमा रुचि नदेखाएको र उनले मौलाना (धार्मिक गुरु) बन्ने निर्णय गरेपछि दाउद डिप्रेसनमा गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुम्बई पुलिसले सेप्टेम्बरमा दाउदका भाइ इकबाल कास्करलाई धम्क्याएर पैसा असुलेको आरोपमा सोधपुछका लागि पक्राउ गरेको थियो। त्यसै क्रममा इकबालले पुलिसलाई दाउदको परिवारमा बढ्दै गएको द्वन्द्वबारे जानकारी दिएका हुन्।
इकबालले आफ्नो दाजु छोराको निर्णयले तनावमा रहेको मुम्बई प्रहरीलाई बताएका थिए। दाउदले पछिल्लो समय आफ्नो विश्वासपात्र मानिएका व्यक्तिहरूसँग पनि दूरी बनाउन थालेको उनले बताएका थिए।
दाउदले अर्का भाइ बिरामी भएको अवस्थामा छोराले आफ्नो कारोबार चलाओस् भन्ने चाहना राखेको इकबालले बताए। मोइनले बुवाको अवैध व्यापारबाट आफूलाई टाढा राख्न मौलाना बन्न खोजेको बताइएको छ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












