मोरङ क्षेत्र नं ४ को चुनावी रौनक
विराटनगर, १० मंसिर । दोस्रो चरणको निर्वाचनको तिथि जति जति नजकिँदैछ, मोरङमा त्यति त्यति चुनावी सरगर्मी बढ्न थालेको छ ।निर्वाचनको दिन घट्दै एघार दिनमा सीमित भएपछि उम्मेदवारले मतदातालाई आपmुतिर आकर्षित पार्र्न सबैभन्दा बढी घरदैलो अभियानमा जोड दिएको देखिन्छ । उम्मेदवारले मतदाताका घरघरमा पुगेर मत माग्ने चुनावी रणनीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
मोरङमा छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४ मा पनि चुनावी रौनकमा झन् बढोत्तरी भएको देखिन्छ । सो क्षेत्रमा पनि उम्मेदवार कोणसभाका साथै घरदैलो अभियानमा बढी केन्द्रित भएका छन् । सो क्रममा मतदाताका आकांक्षा र जिज्ञासालाई ध्यानपूर्वक ग्रहण गरी समस्या समाधान गर्ने विषयमा उम्मेदवारले प्रतिबद्धता प्रकट गरिरहेको देखिन्छन् ।साथै कार्यकर्तालाई व्यापक रुपमा परिचालन गरी मतदातालाई आकर्षित पार्न पाँचवर्षीय योजना र पार्टीको घोषणापत्रको विषयमा पनि जानकारी गराउने गरिएको देखिन्छ ।
क्षेत्र नं ४ मा नेपाली काँग्रेसका महेश आचार्य र वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अमनलाल मोदीबीच प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ । आचार्य यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । त्यस्तै माओवादी केन्द्रका मोदी समानुपातिकबाट सभासद् हुनुभएको थियो । सो क्षेत्रबाट नौ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय जनता पार्टीबाट लक्ष्मण साहु, विवेकशील साझा पार्टीबाट अमलेशकुमार कर्ण, नेमकिपाबाट शालिग्राम राउत, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट कृष्णकुमार मुडियारी, नयाँ शक्ति पार्टीबाट राकेश चौधरी, एकीकृत राप्रपा राष्ट्रवादीबाट महेश्वर कामत र देशभक्त लोकतान्त्रिक पार्टीबाट किरणबहादुर क्षेत्री मैदानमा हुनुहुन्छ ।
उनान्सय हजार १२३ मतदाता रहेको सो क्षेत्रमा ग्रामीण क्षेत्रलाई बढी केन्द्रित गरेर उम्मेदवार प्रचारप्रसारमा जुटेको देखिन्छ । दुई गाउँपालिका कटहरी र ग्रामथानका साथै विराटनगर महानगरपालिकाका १,२,३,८,१० र १९ नं का छ वटा वडा र बेलवारी नगरपालिका का ५,६ र ७ नंका तीन वटा वडाका क्षेत्रका मतदाताले बाटोघाटो, कृषिको आधुनिकीकरणका साथै सिँचाइको समुचित व्यवस्था, सुकुम्वासी समस्याको समाधानलगायत माग उम्मेदवारसमक्ष राखेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











